ताजा समाचार

जेठ ३ गते २०७६

बहुदलीय जनवाद र नयाँ जनवादको सश्लेषण गर्नुपर्छ

नेकपा अध्यक्ष पुष्पकमल दाहालले जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दीको जनवादलाई नयाँ सश्लेषण गरी समाजवादतर्फ उन्मुख हुन सकिने बताएका छन् ।

२६ औंमदनआश्रित स्मृति दिवस तथा पार्टी एकताको एक वर्षका सर्न्दभमा शुक्रबार मदननगर बल्खुमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकास भएका घटनाक्रम तथा अनुभवका आधारमा कम्युनिष्ट आन्दोलनलाई जनताप्रति उत्तरदायी बनाउनुपर्ने बताए।

उनले एक वर्ष अगाडि दुई पार्टी एकीकरण गर्दा तीन महीनाभित्र एकता गरिने भनिए पनि प्राविधिक कारणले ढिलो भएको बताए।उनले जनवर्गीय संगठनको एकता हालै गरएिकाले अब केही दिनमा जिल्ला अधिवेशन गरी केही महिनाभित्र महाधिवेश सम्पन्न गर्ने योजना रहेको बताए।