ताजा समाचार

जेठ ३ गते २०७६

मिडिया काउन्सिल विधेयक विरुद्ध आधिवेरी ल्याउने कास्केली पत्रकारहरुको चेतावनी

संसदमा हालै दर्ता भएकोे नेपाल मिडिया काउन्सिल विधेयकको प्रावधान संशोधन नभए आन्दोलनको आधिवेरी ल्याउने कास्कीका पत्रकारहरुले चेतावनी दिएका छन् ।


प्रेस स्वतन्त्रता बिरोधी प्राबधान राखिएको मिडिया काउन्सिल बिधेयकको बिरोधमा पोखराको महेन्द्रपुल चोकमा बिरोध प्रर्दशन गर्दै पत्रकारले सरकारले उक्त विधेयक तत्काल संसोधन नगरे आन्दोलनको आधिवेरी ल्याउने चेतावनी दिएका हुन् ।

२०६२ र०६३ को आन्दोलनमा पत्रकारले पुराएको योगदानको मुल्याङकनलाई सरकारले हाल बेवास्था गरी आफ्नो ढंगले निरंकुशता लाद्न खोजे सम्पुर्ण पत्रकार एक भई अन्तराष्ट्रिय पत्रकारको समेत साथ समर्थमा देशमा आन्दोलनको जस्तो सुकै आधिवेरी हुने सक्ने पत्रकारले सरकारलाई चेतावनी दिएका छन् ।

नेपाल पत्रकार महासंघ केन्द्रको आव्हानमा पहिलो चरणको आन्दोलन अन्र्तगत नेपाल पत्रकार महासंघ कास्की शाखाले शुक्रबार बिहान ७ः१५ बजे देखि करिब आधा घण्टा संचार सामाग्रि कलम, डायरी, क्यामरा, ल्यापटप, रेकर्डर लगायतका सामाग्रि प्रर्दशन गरी बिरोध प्रर्दन गरेका हुनु ।

बिरोध कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले साही आयोग जस्तै लोकतन्त्र स्थापना भएको मुलुकमा स्वतन्त्र प्रेसलाई कुण्ठित गर्न खोजे आफुहरुले जस्तो सुकै आन्दोलन गर्न पनि पछि नपर्ने चेतानी दिएका छन् ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले सक्ता र भक्ता पाउने आशमा केही पत्रकारलाइ विभाजित पार्ने काम भएकोले पत्रकारको मुद्धामा सवै एक हुन उनले जोडदार माग गरे । महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको बिरोध कार्यक्रममा प्रेस चौतारी कास्कीका अध्यक्ष माधब बराल, प्रेस सेन्टरका कार्यवाहक अध्यक्ष शन्देस श्रेष्ठ, प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देल, संचारिका समुह पश्चिमाञ्चलकी निवर्तमान अध्यक्ष जमुना शर्मा बर्षा, महासंघ कास्कीका सचिव रामप्रसाद तिमिल्सिना लगायतले मिडिया काउन्सिल बिधेयक प्रेस स्वतन्त्रता बिरोधी प्राबधान भएकोले तत्काल संसोधन गर्न जोडदार माग गरे ।