मुख्य समाचार

बच्चा जन्माएर अविवाहित किशोरीले गरिन् आत्महत्या

स्याङ्जामा २२ बर्षीया युवतीले शिशु जन्माएर आत्म हत्या गरेकी छिन् । भीरकोट नगरपालिका-७ की  स्नेहा अधिकारीले शिशुलाई जन्म दिएर सलको पासो लगाएर आत्महत्या गरेकी हुन् ।  शिशु जन्माएर घर नजिकै बारीमा फालेर उनी आत्महत्या गरेकी हुन् । स्थानीय गम्बर बहादुर अधिकारीको बारीमा नवजात शिशु मृत अवस्थामा फेला परेको सूचना पाएपछि घटनास्थलमा पुगेको प्रहरीले छिमेकी बेगबहादुर अधिकारीको मल खाडलमा सालनाल भेटाएको थियो । स्नेहाले अवैध सम्बन्धबाट बच्चा जन्माएर गाडेको र आफूले… पुरा पढौ

भोट माग्न नेपाल आउँछन् भारतीय उम्मेदवार

भारतमा अप्रिलबाट आम निर्वाचन हुँदैछ । सोही कारण भारतमा चुनावी माहोल तातिरहेको छ । विभिन्न पार्टीहरु आफनो मतदातालाई रिझाउन लागि परिरहेका छन् भने मतदाताको घर खेतमै पुगिरहेका छन् । यसबीच भारतका उम्मेद्वारहरु भोट माग्नका लागि मतदाता फकाउन नेपाल समेत आउने गरेको खुलासा भएको छ । भारतीय सञ्चारमाध्यम दैनिक जागरणले यस्तो खुलासा गरेको हो । उसले उत्तर प्रदेश राज्यका सीमावर्ती जिल्लाका उम्मेद्वारहरु भोट माग्नका लागि सीमा छेउका नेपाली जिल्लाहरुमा आउने गरेको… पुरा पढौ

सडक बन्द गरी स्वास्थ्यमन्त्रीको कार्यक्रम

राजधानी दावी गरिदै आएको इटहरी उपमहानगरपालिकामा कुनै राजनीतिक सभा सम्मेलन गर्ने सार्वजनिक स्थान नभएको भन्दै संघीय समाजवादी फोरमले सडक जाम गरेर कार्यक्रम गरेको छ । फोरम इटहरी उपमहानगरको दोस्रो अधिवेसनको बुधबार इटहरीस्थित आइतबारे रोडमा यातायात अवरुद्ध गरि उद्घाटन गरे । संघीय सरकारका स्वास्थ्य मन्त्री उपेन्द्र यादवले उद्घाटन गरेको अधिवेशनको सडकमा सवारी साधन अवरुद्ध गराएको विषयमा आलोचना पनि भयो । तर, आफूहरुले सडक बन्द गराउनु हुँदैन भन्दा थाहा हुँदा हुँदै मन्त्री… पुरा पढौ

देउवा विरोधी सभापतिहरू नै दुई कित्तामा

स्वतः प्रतिनिधि बन्ने प्रावधान हटाउनु पर्ने माग सम्बोधन नभएपछि कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरूको भेला काठमाडौंमा सुरु भएको छ । बिहीबारसम्म चल्ने भेलामा ४३ जिल्लाका सभापति सहभागी छन् । ७ जिल्ला सभापतिहरू आउँदै गरेको नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसीले बताए । भेला राखेकोप्रति पार्टी सभापति शेरबहादुर देउवाले असन्तुष्टि प्रकट गरेका छन् । उनको असन्तुष्टिको कारण संस्थापन पक्षीय जिल्ला सभापतिहरू भने भेलामा सहभागी छैनन् । गत पुसमा सम्पन्न महासमिति बैठकमा सबै जिल्ला… पुरा पढौ

कास्कीका तीनै क्षेत्रमा कांग्रेसको प्रशिक्षण

नेपाली कांग्रेस कास्कीले बुधबार कास्कीका ३ वटै क्षेत्रमा प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । कास्की कांग्रेसले क्षेत्रीय समितिमार्फत एकै दिन एउटै समयमा प्रशिक्षण संचालन गरेको हो । कास्कीका ३ वटै क्षेत्रमा गरी करिब १ हजार जनालाई प्रशिक्षण छ । साधारण तथा क्रियाशील सदस्यता वितरण, विकास निर्माणको अवस्था मूल्यांकन, पछिल्लो राजनैतिक अवस्था, पार्टीको भूमिका लगायतका विषयमा प्रशिक्षण दिइएको बताइन्छ । कास्की क्षेत्र नं १ मा कांग्रेस नेता देवराज चालिसे, क्षेत्र नं… पुरा पढौ

कांग्रेस सभापति शेरबहादुर देउवा फेरि पोखरा आउँदै

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुनः पोखरा आउने भएका छन् । क्षेत्री समाज नेपालको यही चैत २३ र २४ गते पोखरामा हुने केन्द्रीय महाधिवेशन उद्घाटन गर्न देउवा पोखरा आउने भएका हुन् । कांग्रेस सभापति देउवासंगै नेकपा नेता भीम रावल, राप्रपा अध्यक्ष कमल थापा, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र पूर्वप्रधान सेनापति रुक्माङ्गत कटवाल समेत पोखरा आउँदैछन् । राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ती क्षेत्री एकता आजको आवश्यकतालाई आत्मसाथ… पुरा पढौ

घुस लिएको आरोपमा प्रहरी अख्तियार फन्दामा

महानगरीय प्रहरी परिसर काठमाडौँले घुस लिएको आरोपमा प्रहरी जवान गणेश लोहारलाई आवश्यक कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ ।  महानगरीय दङ्गा नियन्त्रण गण त्रिपुरेश्वरमा दरबन्दी भई वैदेशिक रोजगार विभाग कार्यालय, ताहचलमा खटिएका लोहारले साउदी अरेबियाका लागि श्रम स्वीकृति लिने सिलसिलामा सेवाग्राहीसँग रु १७ हजार घुस लिएका थिए ।  सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा उनलाई महानगरीय प्रहरी वृत्त, कालीमाटीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । … पुरा पढौ

पत्रकार दिननाथ बरालमाथि दुव्र्यवहार

नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव दीननाथ बराललाई १ ट्याक्सी चालकले दुर्व्यबहार गरेका छन् । पोखराको पृथ्बीचोक बसपार्कमा मंगलबार ट्याक्सी चालकहरुले बरालमाथि दुर्व्यवहार गरेका छन्। पृथ्बीचोकबाट नदीपुर कोठामा ट्याक्सीमा जान खोज्दा मिटरमा ट्याक्सी संचालन नगर्ने भन्दै बरालमाथि दुर्व्यवहार गर्ने एक ट्याक्सी चालक अनिल गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको कास्कीका प्रहरी प्रमुख एस।पी। ओमबहादुर रानाले जानकारी दिए । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले घटनामा… पुरा पढौ

जिएमसीविरुद्ध राजस्व अनुसन्धान विभागमा उजुरी

गण्डकी मेडिकल कलेजविरुद्ध राजस्व अनुसन्धान विभागमा उजुरी परेको छ।  सुनसरीका प्रितम सुवेदीले आइतबार उक्त मेडिकल कजेलका सञ्चालक खुमा अर्याल, प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रधानाध्यापक रविन्द्र प्रसाद श्रेष्ठ, फाइनान्स कन्ट्रोलर युवराज शर्मा, लेखा शाखा प्रमुख हरिमाया पौडेलविरुद्ध राजस्व  चुहावटससम्बन्धी कसुमा छानविन गरी कारबाही गर्न उजुरी हालेका हुन्। उनले सोही कलेजका दिनेश पौडेल, सिइओ सन्तोष खनाल, परीक्षा कन्ट्रोलर लक्ष्मणप्रसाद शर्मा,  कर्मचारी तिलक पौडेल र  स्टोर किपर कृष्ण पौडेलविरुद्ध पनि उजुरी हालेका छन्।… पुरा पढौ

डा.केसी हावाहुरी प्रभावितको उपचार गर्न बारा

डा. गोविन्द केसी दैवी प्रकोप तथा विपत्तीमा परेका बिरामीलाई उपचार गर्न हावाहुरी प्रभावित बारा जिल्ला पुगेका छन्। विगतका विपत्तीमा जस्तै डा. केसी स्वविवेकले हावाहुरीबाट घाइतेहरूको उपचार गर्न बाराको फेटास्थित पुरनियाँ गाउँ पुगेका छन्। उनले आफुसँग उपलब्ध स्रोत साधनका आधारमा त्यहाँ स्वास्थ्य शिविर चलाउने छन्। उपलब्ध लत्ताकपडा र खाद्यान्न वितरण गर्नेछन्। केसी रात्री बस चढेर एक्लै मंगलबार बारा पुगेका छन् । उनले विभिन्न प्रकारको औषधी बोकेका छन्। फेटा बाराको सबैभन्दा बढी हावाहुरी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं