पत्रकार दिननाथ बरालमाथि दुव्र्यवहार

नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव दीननाथ बराललाई १ ट्याक्सी चालकले दुर्व्यबहार गरेका छन् । पोखराको पृथ्बीचोक बसपार्कमा मंगलबार ट्याक्सी चालकहरुले बरालमाथि दुर्व्यवहार गरेका छन्।

पृथ्बीचोकबाट नदीपुर कोठामा ट्याक्सीमा जान खोज्दा मिटरमा ट्याक्सी संचालन नगर्ने भन्दै बरालमाथि दुर्व्यवहार गर्ने एक ट्याक्सी चालक अनिल गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको कास्कीका प्रहरी प्रमुख एस।पी। ओमबहादुर रानाले जानकारी दिए ।

नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले घटनामा महासंघको ध्यानाकर्षण भएको जनाएका छन् । उनले दुर्ब्यवहार गर्ने ट्याक्सी चालकलाई कानुन अनुसार कडा कारबाही गर्न पनि माग गरेका छन् ।

बरालले उनले मिटरमा चल्न नमान्ने ग १ ज ४२२०, ग १ ज ५१८४ को ट्याक्सी चालकलाई कारवाही माग गरेका थिए । बराल नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव, पोखरा न्यूज डटकमका सह(सम्पादक, रेडियो अन्नपुर्ण र कारोवार दैनिकमा आवद्ध छन्। मंगलबारै मिटरमा चल्न नमान्ने ३१ ट्याक्सीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले कारवाही गरेको छ।