मुख्य समाचार

कांग्रेस नेता केसीले भने, ‘विप्लव र सरकार दुवै लुटेरा’

नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीले बन्दुकको नाममा नेकपा (विप्लप) ले र सत्ताको आडमा ओलीले देश लुटेको आरोप लगाएका छन् । प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्लेनमा बोल्दै उनले विप्लप माओवादीलाई सरकारले प्रतिबन्ध लगाएर देशलाई नयाँ द्वन्दमा धकेलेको बताए । ‘विप्लवका गतिविधि माथि निगरानी गरेर नियन्त्रणमा ल्याउने हो । पार्टीमाथि नै प्रतिवन्ध लगाउन त मिल्दैन नि’, उनले भने, ‘राजनीतिक पार्टीमाथि प्रतिवन्ध गर्ने काम अलोकतान्त्रिक र संविधान विपरीत… पुरा पढौ

जनमुक्ति सेनामा भर्ना हुन विप्लवको अपिल

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिस्ट पार्टीले नयाँ जनमुक्ति सेना निर्माण गर्न लागेको भन्दै भाग लिन र क्रान्तिमा सहभागी बन्न नेपाली युवाहरुलाई आग्रह गरेका छन् । एउटा जनमुक्ति सेनालाई पूर्वसँग जोडेर, इतिहासको विषय बनाएर अबको क्रान्तिमा आक्रमण गर्नका लागि चलखेल भइरहेको भन्दै उनले त्यसलाई चिर्न जरुरी रहेको पनि बताएका छन् । यूएन, भारत, कांग्रेस, एमाले र प्रचण्ड-बाबुराम मिलेर जनताको मुक्तिको लागि लडेको जनमुक्ति सेनालाई पूर्व बनाइदिएको भन्दै उनले… पुरा पढौ

जस्तोसुकै कठिन यात्रा गर्न तयार : विप्लव

नेक्रवित्रम चन्द नेतृत्वको नेकपाले सरकारबाट दमन भए सशक्त प्रतिरोध गर्ने जनाएको छ । पार्टी महासचिव चन्दले बुधबार बेलुकी विज्ञप्ति जारी गर्दै आफ्नो दललाई राजनीतिक मान्यता नदिने र आपराधिक घोषणा गरी गतिविधिमा प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई ‘हास्यास्पद’ भनेका छन् । ‘हामी आफ्नो आदर्शका लागि जस्तोसुकै कठिन यात्रा गर्न तयार छौं,’ उनको विज्ञप्तिमा भनिएको छ, ‘दमन गरे मुखतोड प्रतिरोध गर्न हामी तयार छौं ।’ ‘दलाल’ हरूले तुच्छ स्वार्थका लागि राज्यका अंगहरूलाई जनताविरुद्ध जथाभावी प्रयोग गरेको… पुरा पढौ

सरकारको निर्देशन : हतियार भेटिए गोली हान्नू

सरकारले चन्द समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै सुरक्षा सतर्कता वढाइएको छ। सरकारले हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन दिएको छ। श्रोतका अनुसार आन्तरिक विज्ञप्तीमार्फत आएको सूचनामा ‘हतियारसहित फेला परे तत्काल फायर खोल्नू’ भनिएको छ। चन्द समूहका कार्यकर्ता हतियारसहित हिँडेको फेला परे घुँडामुनी गोली हान्नेसम्मको निर्देशन छ,’ एक प्रमुख जिल्ला अधिकारीले भने। बिनाहतियार हिँडेको तर नेतृत्वमा रहेको कार्यकर्ताालई जहाँ भेटे पनि पक्राउ गर्न र सामान्य कार्यकर्तामाथि पनि उच्च… पुरा पढौ

विप्लवले शिविरबाट हतियार लगे

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रमणि खनाल ‘बलदेव’ ले तत्कालीन माओवादीका लडाकुको शिविरबाट नेक्रविक्रम चन्द ‘विप्लव’ समूहले हतियार लिएर गएको बताएका छन् । उनले तत्कालीन लडाकुका ६ वटै डिभिजन कार्यालय र १८ वटा सहायक शिविरबाट विप्लव समूहले हतियार लगेको दाबी गरे । लडाकुका पूर्वडेपुटी कमान्डरसमेत रहेका मन्त्री खनालले विप्लव समूह तत्कालीन शिविरहरुबाट कति हतियार लिएर बाहिरिएको थियो भन्नेबारे भने खुलाएनन् । ‘मेरै नेतृत्वमा सेना समायोजनको काम भइरहेको थियो, हामी नेपाली सेनासँग… पुरा पढौ

ट्रकको ठक्करबाट युवतीको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–खैरेनीटार सडकखण्डमा भएको दुर्घटनामा १ युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौताराका २५ वर्षीया प्रतिक्षा भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पोखराबाट दमौली जाँदै गरेको ग १ ख ४८५६ नं को ट्रकले सोही दिशाबाट जाँदै गरेको ग ११ प १८५६ नं को स्कुटरलाई म्याग्दे गाउँपालिका–४, मनहरीमा ठक्कर दिँदा भण्डारी घाइते भएकी थिइन् । उनको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको… पुरा पढौ

नवलपुर अब औद्योगिक क्षेत्र : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवलपुरलाई औद्योगिक क्षेत्रका रूपमा विकास गरिने बताएका छन् । नवलपुरको कावासोतीमा घरेलु तथा साना उद्योग कार्यालयको मङ्गलबार उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले भने, ‘नवलपुर गण्डकी प्रदेशको समृद्धिका लागि एउटा महत्वपूर्ण जिल्ला हो, यहाँ उद्योग, कलकारखानालाई प्राथमिकता दिएर योजना बनाउने काम शुरु गरिसकेका छौँ ।’ वन तथा वातावरणमन्त्री विकास लम्सालले नवलपुरको लोकाहामा व्यवस्थित औद्योगिक क्षेत्र बनाउने योजना बनाइएको बताए । नवलपरासीपूर्वको कावासोती–८ मा रहेको सेक्टर वन कार्यालयको… पुरा पढौ

प्रधानमन्त्री र प्रचण्ड मार्न विप्लवले मान्छे खटाएको दाबी

मंगलबार सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको छ । विप्लवले प्रचण्ड र आफूलाई मार्न मान्छे खटाएको प्रधानमन्त्री केपी शर्मा ओलीले क्याबिनेट बैठकमा दाबी गरेका थिए। ओलीको यस्तो भनाइपछि बैठकले विप्लवमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । गृहमन्त्री बादलको प्रस्तावमा विप्लवमाथि प्रतिबन्ध लगाउने निर्णय भएको हो । मन्त्रीहरुलाई ओलीले विप्लवले प्रचण्ड र आफ्नो हत्या गर्न मानिस खटाएको सूचना सरकारले प्राप्त गरेको बताएका थिए । हालै सरकारले मधेशमा अलग राज्य… पुरा पढौ

कक्षा ८ को परीक्षा स्थगित

सोमबारबाट शुरु भएको पोखरा महानगर स्तरीय कक्षा ८ को पेशा व्यवसाय र प्रविधि विषयको परीक्षा स्थगित भएको छ । फागुन ३० गते निर्धारित सो विषयको परीक्षा चैत ७ गते बिहीबार बिहान १०ः३० सम्मका लागि सारिएको हो । महानगरस्तरीय परिक्षा समितिले १ सूचना जारी गरी यसबारे जानकारी दिएको हो । विशेष कारणवश परीक्षा सारिएको उक्त सूचनामा उल्लेख छ । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको नेपाल बन्दका कारण परीक्षा सरेको… पुरा पढौ

गण्डकी मेडिकल कलेजमाथि कारवाही माग

गण्डकी मेडिकल कलेजले त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै उक्त कलेजमाथि अनुगमन गरी कारवाही गर्न माग गरिएको छ। एमबीबीएसमा अध्ययनरत विद्यार्थीलाई आर्थिकरुपमा ठगी गर्नुका साथै आफूहरुलाई परीक्षाबाट बञ्चित गराएकाले ४० दिनदेखि विद्यार्थीले आन्दोलन गर्दै आएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। सो कलेजमा अध्ययनरत पीडित विद्यार्थीले कलेजले प्रतिविद्यार्थी रु आठ लाखदेखि रु १८ लाखसम्म चर्को शुल्क उठाएको र सोअनुसार अध्यापन तथा शैक्षिक सुविधा नदिएको तथा एमबिबिएसका ८६ विद्यार्थीलाई… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं