मंगलबार सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको छ । विप्लवले प्रचण्ड र आफूलाई मार्न मान्छे खटाएको प्रधानमन्त्री केपी शर्मा ओलीले क्याबिनेट बैठकमा दाबी गरेका थिए। ओलीको यस्तो भनाइपछि बैठकले विप्लवमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
गृहमन्त्री बादलको प्रस्तावमा विप्लवमाथि प्रतिबन्ध लगाउने निर्णय भएको हो । मन्त्रीहरुलाई ओलीले विप्लवले प्रचण्ड र आफ्नो हत्या गर्न मानिस खटाएको सूचना सरकारले प्राप्त गरेको बताएका थिए ।
हालै सरकारले मधेशमा अलग राज्य माग गरिरहेको सिके राउत समूहसँग सहमति गरेको थियो ।




