मुख्य समाचार

सिके राउतको आफ्नै सुरक्षा दस्ता !

मूलधारको राजनीतिमा प्रदेश गरेका सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषदको बैठक शुरु भएको छ । पहिलो पटक सार्वजनिकस्थलमा कडा सुरक्षाबीच बैठक शुरु भएको हो ।  सिरहाको लहान नगरपालिका–७ स्थित मारवाडी सेवा सदनमा आइतबार बिहान ११ बजेदेखि शुरु भएको बैठकको शुरुवात नेपालको राष्ट्रिय गानबाट गरिएको छ । राष्ट्रिय गान ‘सयौं थुङ्गा फूलका हामी..’ बजाइएपछि संयोजक डा. राउतले दीप प्रजल्वन गर्दै स्व. राममनोहर यादवको तस्विरमा माल्यार्पण गरेका थिए । मधेसका… पुरा पढौ

धादिङ-पोखरा जनसम्पर्क मञ्चमा आर्थिक अनियमितता !

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ–पोखरा जनसम्पर्क मञ्चमाथि गम्भीर आर्थिक आरोप लगाइएको छ । हालै गठन भएको गोकर्ण अधिकारी नेतृत्वको नेकपा धादिङ–कास्की जनसम्पर्क मञ्चले आरोप लगाएको छ । मञ्चले लगाएका मुख्य आरोपमा आर्थिक अपचलन रहेको छ । मञ्चले २ संगठनबीच एकता गर्दाको हरहिसाव दुरुस्त सार्वजनिक गर्न समेत चुनौती दिएको छ । ‘एउटा सामान्य कार्यक्रम गरेर लाखौं खर्च गर्ने तर हरहिसावबारे छलफल, सार्वजनिक नगर्ने र लेखापरीक्षण पनि नगर्नु गम्भीर विषय हो’, मञ्चका… पुरा पढौ

विश्वकर्मा कल्याण गुठी समाज कास्की गठन

पोखरा र आसपासमा बसोबास गर्दै आइरहेका विश्वकर्माहरूको बृहत भेलाले विश्वकर्मा कल्याण गुठी कास्की गठन गरेको छ । भेलाले मनबहादुर लामगादेको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा भीम बहादुर सेन्चुरी र भुवन लोहनी, महासचिवमा दिपक घिमिरे, सचिवमा राजकुमार घिमिरे, सहसचिवमा विष्णुदेवी गौतम, कोषाध्यक्षमा रामबहादुर बराइली, सहकोषाध्यक्षमा रुपलाल सुनार छन् । यसैगरी सदस्यमा राजेन्द्र गदाल, राजेन्द्र सुनार, रचना सुनार, दिपक गहतराज, सुरेन्द्र सुनार, श्याम खाती, गीता सुनार, सम्झना… पुरा पढौ

पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष पनि मेयर जिसी नै !

पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष पनि पोखरा महानगरका मेयर मानबहादुर जिसी नै हुने भएका छन् । नेपालका सबै नगर विकास समितिको गठन ब्यवस्था फेरिएसंगै उनी नगर विकास समितिको अध्यक्ष बन्ने बाटो खुलेको हो । यसअघि राजनीतिक नियुक्तिमा बन्दै आएको समितिमा केही फेरवदल गरिएको हो । अबदेखि सम्बन्धित स्थानीय तहका प्रमुख वा अध्यक्ष नै नगर विकास समितिको अध्यक्ष बन्ने व्यवस्था भएको छ । समितिको सदस्यमा जिल्ला समन्वय समितिले तोकेको १… पुरा पढौ

क्षेत्री महिला समाज नेपालमा उर्मिला खड्का निर्वाचित

क्षेत्री महिला समाज नेपालको केन्द्रीय अध्यक्षमा उर्मिला खड्का निर्वाचित भएकी छन् । महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा लक्ष्मीदेवी जिसी, प्रथम उपाध्यक्ष धनीकला कुँवर, द्धितीय उपाध्यक्षमा भगवती देउजा र तृतीय उपाध्यक्षमा कृष्णमाया खत्री निर्वाचित भएकी छन् । यसैगरी केन्द्रीय महासचिवमा विमला भण्डारी, कोषाध्यक्षमा सृजना थापा, सह–सचिवमा राजकुमारी थापा निर्वाचित भएकी छन् । यसैगरी केन्द्रीय कार्यसमिति सदस्यमा ईन्द्रमाया बाँनिया, कमला कार्की, दुर्गादेवी बस्नेत, गंगा केसी, गीता महत, अम्बिका खड्का दिलमाया बिष्ट, सरस्वती जिसी इन्द्रेणी… पुरा पढौ

किन हटाइँदै छ कृषि क्याम्पसका प्रिन्सिपल कालिकाबहादुर अधिकारीलाई ?

पोखरा-१९, पुरुञ्चौरस्थित कृषि प्राकृतिक स्रोत व्यवस्थापन कलेजका प्रिन्सिपल कालिकाबहादुर अधिकारीलाई हटाउन लागेको भन्दै स्थानीयले विरोध गरेका छन् । प्रिन्सिपल अधिकारीले कलेजमा राम्रो काम गर्दा गर्दै हटाउन लागेको भन्दै स्थानीयले विरोध गरेका हुन् । अधिकारी कृषि प्राकृतिक स्रोत व्यवस्थापन कलेज पुरुञ्चौरका निमित्त प्रिन्सिपल हुन् । शुक्रबार कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको कार्यकारिणी परिषद बैठकले प्रिन्सिपल अधिकारीलाई हटाउन लागेको हल्ला चलेपछि स्थानीय त्यसको विरोधमा उत्रिएका हुन् । रातारात हटाउन लागेकाले… पुरा पढौ

जिल्लामा साविक एमाले माओवादी यस्तो भागबण्डा

 नेकपाले जिल्ला तहमा रहने अध्यक्ष र सचिवको नामावलीसहितको प्रस्ताव तयार पारेको छ । नेतृत्वमा जिल्ला तहमा तत्कालीन एमालेबाट ५७ र तत्कालीन माओवादीबाट ४३ प्रतिशत हुनेछन् । प्रस्ताव अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले महासचिव विष्णु पौडेलको सहयोगमा तयार पारेका हुन् । ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको नामावलीसहितको प्रस्तावमाथि आइतबार बस्ने पार्टी सचिवालय बैठकमा छलफल हुँदैछ ।  एकताका क्रममा तत्कालीन एमालेले अध्यक्ष पाएको जिल्लामा तत्कालीन माओवादीले सचिव र… पुरा पढौ

सभापति पद फालेको जुत्ता

कांग्रेस महामन्त्री कोइरालाले सभापति पदलाई फालेको जुत्तासँग तुलना गरेका छन् । उलने कसैलाई आरोप लगाउने पक्षमा आफू नभएको उल्लेख गर्दै भने, ‘मेरो काम गाली गर्ने होइन। मिलाउने हो।’ आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारमा उनलाई देख्न चाहेको बताए पनि उनले सभापतिको उम्मेदवार बन्ने जा नबन्ने खुलाउन उनले चाहेनन्। उनले भने, ‘सभापति पद फालेको जुत्ता हो।’ केन्द्रीय सदस्य अमरेशकुमार सिंहले गत निर्वाचनका बेला पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले टिकट… पुरा पढौ

नेकपा धादिङ जनसम्पर्क मञ्च विभाजित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ–पोखरा जनसम्पर्क मञ्च विभाजित भएको छ । तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर गठन भएको जनसम्पर्क मञ्च १ वर्ष पनि नपुग्दै विभाजित भएको हो । नेतृत्वसंग शुरुआती अवस्थादेखि नै असन्तुष्ट रहेकाहरूले शुक्रबार एक भेला गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ–कास्की जनसम्पर्क मञ्च गठन गरेका छन् । उनीहरूले नेकपा धादिङको निर्देशन बमोजिम संगठन निर्माण गरेको उल्लेख गरेका छन् । कमिटीको संयोजकमा गोकर्ण अधिकारी छन् । २ पार्टी… पुरा पढौ

सहायक सिडियोको गाडी सत्तारुढ विद्यार्थीको नियन्त्रणमा

अखिल क्रान्तिकारीका कार्यकर्ताले कास्कीका सहायक सिडियो चढेको गाडी नियन्त्रणमा लिएका छन्। शनिबार सहायक सिडिओ चित्रांगन बराल चढेको गाडी मादी गाउँपालिका ५ सुनपधेँरीबाट क्रान्तिकारीले नियन्त्रणमा लिएको हो। गाडीमा बरालकी हजुरआमा र अर्की एक महिला सवार रहेको बताइएको छ । सार्वजनिक बिदाक दिन सरकारी गाडी दुरुपयोग गरेका कारण नियन्त्रणका लिएको क्रान्तिकारीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश संयोजक क्षितिज सापकोटाले बताए । सापकोटाले यसरी दुरुपयोग गर्ने जोसुकै भए पनि नियन्त्रण लिइने बताए । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं