मुख्य समाचार

लगानी भित्र्याउन सघाउनुस : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको समृद्धिका लागि पूँजी, प्रविधि र दक्ष जनशक्तिको आवश्यकता रहेको बताउँदै विदेशी लगानी भित्र्याउने खालको वातावरण तयार गर्न सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् । स्वतन्त्र पत्रकार संघ नेपालद्वारा सञ्चालित पत्रकारिता पुरस्कारबाट २ जना पत्रकारलाई सम्मान गर्दै उनले सर्वसुलभरुपमा जग्गा प्राप्ति, सुरक्षाको प्रत्याभूति हुन नसक्नु र झन्झटिलो कानूनी प्रक्रियाको कारण मुलुकमा लगानी भित्र्याउन नसकिने बताउँदै उनले विदेशी लगानीकर्ताको आकर्षण बढाउन सरकार प्रतिबद्ध रहेको जानकारी… पुरा पढौ

घान्द्रुकमा घोडा दौड

फागुपूर्णिमाको अवसरमा कास्कीको घान्द्रुकमा बुधबार दोस्रो घोडा दौड प्रतियोगिता भएको छ । घान्द्रुक घोडा खच्चड व्यवस्थापन तथा कल्याणकारी समितिले प्रतियोगिता गरेको हो । मत्क्युँदेखि खोलोब्रोंसम्म ५.२ किलोमिटर घोडा दौडमा २३ जना प्रतियोगी थिए । प्रतियोगितामा घान्द्रुकका विश्व गुरुङ पहिलो भए । उनले निर्धारित दूरी १३ मिनेट १० सेकेन्डमा पूरा गरे । उनीभन्दा १ सेकेन्डले मात्रै पछि परेका दीपेन्द्र विक दोस्रो भए । रामकाजी गुरुङ उक्त दूरी १४ मिनेट २३ सेकेन्डमा… पुरा पढौ

पोखरामा दीपक पुन मगरको मोटरसाइकल दुर्घटनामा मृत्यु

पोखरा महानगरपालिका–२३ का २० वर्षीय दीपक पुनमगर सडक दुर्घटनामा मृत्यु भएको छ । होली मनाउन काठमाडौंबाट पोखरा आउनेक्रममा बुधबार धादिङको बेनिघाटमा मोटरसाइकल दुर्घटनामा परी उनको मृत्यु भएको हो । दीपक सवार ग१३प ८०८५ नंबरको मोटरसाइकल र हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ४११४ नं.को ट्रक बेनिघाटरोराङ गाउँपालिका–५, बेनिघाट गोमती पुलमा एकापसमा ठक्कर खाएर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको… पुरा पढौ

दुई बर्षदेखि छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

रुकुम पश्चिममा आफ्नै छोरीलाई पटक-पटक बलात्कार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । २ वर्ष देखि १७ वर्षीया छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा प्रहरीले जिल्लाको सानीभेरी गाउँपालिकाका ३४ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको हो । उनले डर, त्रास, धाकधम्की देखाई पटक पटक आफ्नै छोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  उनले कसैलाई भनेमा आगो लगाएर मार्ने धम्कि दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले… पुरा पढौ

विप्लव नेता कार्यकर्ता खोज्न सेना गाउँ पस्यो

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कार्यकर्ता खोज्न नेपाली सेना गाउँ पसेको छ । रणसुर गुल्मपतिका सेनानी अमृत थापामगरको नेतृत्वको टोली विप्लवको गतिविधिमा रोक लगाउन र कार्यकर्तालाई नियन्त्रणमा लिन गस्तीमा हिँडेको हो । गस्तीमा नेपाल प्रहरी र सशस्त्र बल पनि मिसिएको छ । कालिकोट विप्लव नेतृत्वको नेकपाको पकड क्षेत्र मानिन्छ। नेकपाले विभिन्न गतिविधि बढाएपछि सुरक्षा निकाय संयुक्त रूपमा गाउँ केन्द्रीत भएको हो । गुल्मपति थापामगरले जिल्लाबाट मंगलबार गाउँ हिँडेको सुरक्षा… पुरा पढौ

विप्लव समूहका चार कमाण्डर पक्राउ

 काभ्रेको रोशी गाउँपालिका काफ्लेडाँडाबाट नेत्रविक्रम चन्द (विप्लव) समूहका चार कमाण्डर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  काभ्रेको रोशी गाउँपालिका काफ्लेडाँडामा मंगलबार बेलुका विप्लव समूहसँग गोली हानाहान भएपछि सर्च अभियानको क्रममा चार कमाण्डर पक्राउ परेको प्रहरीले जनाएको छ । तर, पक्राउ परेका उनीहरुको नाम गोप्य राखिएको छ । पक्राउ परेकाहरु विप्लव समूहका मध्यकमाण्डर रहेको प्रहरी उच्च स्रोतको दावी छ । पक्राउ परेका उनीहरु घाइते नरहेको जनाउँदै उनीहरुलाई काठमाडौं ल्याई सकिएको स्रोतले… पुरा पढौ

सन्दर्भ लायन्स महाधिवेशन : विशेश्वर आचार्य उत्साहित

विशेश्वर आचार्यलायन्स इन्टरनेशनल ३२५ बी १ नेपालको सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार लायन्स इन्टरनेशनल ३२५ बी १ नेपालमा २ वर्षपछि डिष्ट्रिक्ट गभर्नर बन्न उम्मेदवारी दिएका विशेश्वर आचार्य मंगलबार एक कार्यक्रममा निकै उत्साहित देखिए । कार्यक्रममा बोल्दै गर्दा सहभागीको तालीले उनी हौसिए पनि । त्यति बेला उनले टुक्का समेत भन्न भ्याए, ‘लायन्समा पाइन्छ ताली, गोजी हुन्छ खाली, घरमा पुगेपछि पाइन्छ श्रीमतीले श्रीमानको र श्रीमानले श्रीमतीको गाली !’ उनले आफू ताली… पुरा पढौ

जनयुद्धका ‘अपराधी’लाई कारबाही माग गर्दै डा. केसी राष्ट्र संघ

जनयुद्धका 'अपराधी'लाई कारवाही गर्न माग गर्दे डा.गोविन्द केसीले राष्ट्रसँग र मानव अधिकार आयोगलाई ज्ञापन पत्र बुझाएका छन्। डा. केसी नेतृत्वमा अधिवक्ता ओमप्रकाश अर्याल,  प्रितम सुवेदी र अधिवक्ता शिवहरी तिमिल्सेनाले संयुक्त रुपमा युद्ध अपराध घटना र मानवता जघन्‍य अपराधमा संलग्‍नहरुलाई कारबाही गर्न माग गर्दे मानवअधिकार आयोग र राष्ट्र संघ भवन पुल्चोकमा गइ ज्ञापन पत्र बुझाएका हुन। बुझाईएको पत्रमा वि.स २०५२ सालदेखि २०६३ साल सम्म चलेको नेपालको १० वर्षे हिंसात्मक द्वन्द्वको अवधिमा… पुरा पढौ

प्रचण्डका लागि अमेरिकामा ‘नो इन्भेष्टिगेशन’ सर्कुलर

संयुक्त राज्य अमेरिकाले पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी गरेको छ । अध्यक्ष दाहाल अमेरिका भ्रमणमा निस्किएलगत्तै सो देशले नो इन्भेष्टिगेशन सर्कुलर जारी गरेको हो । अध्यक्ष दाहालका लागि जारी गरिएको उक्त सर्कुलर अमेरिकाले विशेष रुपमा मात्र जारी गर्ने गरेको छ । यसअघि अमेरिकाले भारतीय उच्च नेतृत्वका लागि पनि यो सर्कुलर जारी गरेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, प्रभावशाली नेतृ सोनिया गान्धी… पुरा पढौ

कांग्रेस कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलन पोखरामा

नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्षहरूको तेस्रो राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ । नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय कार्यसमितिले पोखरामा सोमबार पत्रकार भेटघाट गरी चैत्र २८ र २९ गते सम्मेलन गर्न लागेको जानकारी दिएको छ । सम्मेलनको उद्घाटन सत्र चैत्र २८ गते पोखरा सभागृहमा हुनेछ । उद्घाटन सत्रलाई पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल सहित शीर्ष नेताहरूले संवोधन गर्ने बताएको छ । कोषाध्यक्षहरूको राष्ट्रिय सम्मेलन पार्टीलाई चलायमान… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं