मुख्य समाचार

कास्की कांग्रेसको सदस्यता वितरण र पार्टी सुदृढिकरण अभियान संगसंगै

नेपाली काँग्रेस कास्कीको सोमबार बैठक बसेको छ । बैठकले कास्कीका ७२ वटै इकाइमा साधारण सदस्यता वितरण तथा पार्टी सुदृढिकरण अभियान संचालन गर्ने निर्णय गरेको छ । सो अभियान सञ्चालनका लागि पार्टी पदाधिकारी र क्षेत्रीय सभापतिको संयुक्त बैठकले अनुगमन टोली गठन गर्ने छ । टोलीले पार्टीको साधारण तथा क्रियाशील सदस्यता वितरण गर्ने, पार्टीका हालसम्मका गतिविधि, पार्टीले निर्वाह गरेको भूमिका, भातृ तथा शुभेच्छुक संस्थाका गतिविधि बारे जानकारी लिनेछ । यस्तै, टोलीले अन्य… पुरा पढौ

एनालग टेलिभिजन बन्द

एनालग प्रणालीको टेलिभिजन बन्द गर्ने सरकारी निर्णय अवज्ञा गरेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले धरानको कृति दर्शन मिडिया प्रालिद्वारा सञ्चालित धरान केबलको एनालग टेलिभिजन बन्द गराएको छ । मन्त्रालयका उपसचिव तुलसी घिमिरेको नेतृत्वमा आएको टोलीले मङ्गलबार टेलिभिजन बन्द गराउँदै केही सामग्रीसमेत जफत गरेको छ । प्रालिले डिजिटलमा रूपान्तरण भइरहेकाले केही समयका लागि एनालग प्रणाली सञ्चालन गर्न पाउँ भन्दै उच्च अदालत पाटन ललितपुरमा रिट हालेको छ । सरकारले उपमहानगर र… पुरा पढौ

अनियमितता पुष्टि गर्न जनसम्पर्क मञ्चको चुनौती

वीरबहादुर थापा अध्यक्ष नेकपा, धादिङ–पोखरा जनसम्पर्क मञ्च नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ–पोखरा जनसम्पर्क मञ्चले संगठन भित्र आर्थिक अनियमितता पुष्टि गर्न चुनौती दिएको छ । नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ–कास्की जनसम्पर्क मञ्चले वीरबहादुर थापा नेतृत्वको जनसम्पर्क मञ्चमा आर्थिक अनियमितता भएको आरोप लगाएपछि मञ्चले यस्तो चुनौती दिएको हो । सोमबार केही पत्रकारमाझ आफ्नो संगठनको धारणा सार्वजनिक गर्दै मञ्चका अध्यक्ष वीरबहादुर थापाले संगठनभित्र कुनै अनियमितता नभएको जिकिर गर्दै त्यसको पुष्टि गर्न चुनौती… पुरा पढौ

बाल मन्दिरका विद्यार्थीलाई रोटरीको अभिप्रेरणा

पोखराको नदीपुरस्थित बाल मन्दिर स्कूलमा एसइइ परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई अभिप्रेरणा प्रदान गरिएको छ । रोटरी क्लब अफ अन्नपूर्ण र इंटरैक्ट क्लब अफ बाल मन्दिरको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमका सहजकर्ता एवंं श्रोत ब्यक्ति उपेन्द्र पौड्यालले समय ब्यवस्थापन, लक्ष्य प्राप्ति र परीक्षा तयारी लगायतका अभिप्रेरणा सम्बन्धी जानकारी दिएका थिए । उक्त अवसरमा सहजकर्ता पौड्यालले निराश र डर नमानी निर्धक्क भएर परीक्षा दिनुपर्ने भन्दै अहिलेका विद्यार्थी भविष्यका कर्णधार भएको… पुरा पढौ

सिके राउतको पार्टीका निर्णयहरु (केन्द्रीय सदस्यको नामसहित)

सीके राउत आफ्नो पूरानो स्वतन्त्र मधेस गठबन्धनको नाम फेर्दै ‘जनमत पार्टी’ गठन गरेका छन् । सिरहाको लहानमा दुई दिनसम्म चलेको गठबन्धनको राष्ट्रिय परिषद् बैठकले सीके राउत अध्यक्ष रहने गरी नयाँ पार्टी खोलेको हो । पार्टीको चुनाव चिन्ह अष्टदल राख्ने निर्णय पनि बैठकले गरेको छ । २५ केन्द्रीय सदस्य रहने निर्णय पनि भएको केन्द्रीय सदस्य अब्दुल खानले विज्ञप्तिमार्फत् जनाएका छन् । राउतले केही दिनअघि सरकारसँग सहमति गरी मूलधारको राजनीतिमा आउने घोषणा… पुरा पढौ

खेलकुद पत्रकार मञ्चको पदस्थापन

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको प्रथम अधिवेशनबाट निर्वाचित कार्यसमितिको सोमबार पदस्थापन भएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनकोे प्रमुख आतिथ्यमा भएको समारोहमा निर्वाचन समिति संयोजक अधिवक्ता विष्णुप्रसाद अधिकारीले कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । कार्यक्रममा मन्त्री पुनले प्रदेशको खेलकुद विकासका लागि मञ्चसँग मन्त्रालयको समन्वय हुने बताइन् । निर्वाचन संयोजक अधिवक्ता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सांसदद्वय मीना गुरुङ र दीपक कोइराला, पत्रकार… पुरा पढौ

रवीन्द्र अधिकारीको प्रयासले पर्यटनमा देखिएका उपलब्धि

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्र्रसाद अधिकारी गत वर्ष चैत २ गते सिंहदरबारमा आफ्नो पदबहालीका क्रममा भन्दै थिए, ‘पर्यटन क्षेत्रमा प्रभावकारी सुधार ल्याएरै छोड्छु ।’ पोखरामा भारतीय पर्यटक मन्त्री अधिकारीले आफ्नो पहिलो नीतिगत निर्णय ‘सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने र निर्माणाधीन पोखरा, भैरहवा र निजगढ अन्तर्राष्ट्रिय निर्माणको प्रभावकारी निर्माण अघि बढाउने’ भनी गरे । मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै प्रतिबद्धतानुरुप मन्त्री अधिकारी अहोरात्र… पुरा पढौ

पोखराका घरका नक्सा अब अनलाइनमा

पोखरा महानगरपालिकाले घर नक्सा पासका पुराना कागजातलाई विद्युतीय अभिलेखीकरण सुुरु गरेको छ । साविक लेखनाथ नगरपालिका कार्यालयमा अभिलेखीकरणको सोमबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सुरुआत गरे । जिसीले प्रविधि मैत्री सेवाले भ्रष्टचार न्यूनीकरणमा सहयोग पुग्ने बताए । उनले सेवाग्राहीका सबै काम प्रविधि र अनलाइनमार्फत् भए त्यसले भ्रष्टाचार कम गर्ने उल्लेख गरे । ‘सबै काम सेवाग्राही र कर्मचारी मुखामुख हुनै नपर्ने गरी व्यवस्थित गर्न आवश्यक छ,’ उनले भने, ‘ यसो गर्न… पुरा पढौ

अंग्रेजी माध्यमले विद्यार्थी बढे

अधिकांश सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कदै गएका बेला विद्यार्थी, शिक्षक र अभिभावकको सामुहिक प्रयासले यहाँको १ विद्यालयमा विद्यार्थी संख्या भने बढ्दै गएको छ । ४ वर्ष अघि ३ सय ५० विद्यार्थी रहेको पोखरा महानगरपालिका–३३, बाघमारास्थित सरस्वती टिका माध्यमिक विद्यालयमा अहिले बढेर १ हजार १ सय ३२ पुगेका छन् । ‘समयको माग अनुरुप नेपाली तथा अंग्रेजी माध्यममा पढाइ शुरु गरेपछि विद्यार्थी बढेको छ, यसले शिक्षाको गुणस्तर पनि बढेको छ’, विद्यालय व्यवस्थापन… पुरा पढौ

‘विप्लव’ सिन्धुली, ‘प्रकाण्ड’ दाङमा

‘विप्लव’ माओवादीका महासचिव नेत्रविक्रम चन्द र अर्का वरिष्ठ नेता खड्कबहादुर विश्वकर्मालाई सुरक्षा निकायले आफूहरुको पहुँचभित्र नै रहेको दाबी गरेको छ । हाल सिन्धुलीमा रहेका विप्लवको गतिविधिलाई नजिकबाट नियालिरहेको र उनले आफ्ना नेता तथा कार्यकर्तालाई भेटिरहेको जानकारी आफूहरुलाई प्राप्त भएको सुरक्षा उच्च स्रोतले जानकारी दिएको छ । केही दिनदेखि सिन्धुलीका कहिले बस्ती र कहिले जंगलमा बस्ने गरेकोसमेत सुरक्षा स्रोतले जानकारी दिएको छ । उनीहरुको कदम अहिलेसम्म हिंसात्मक नदेखिएकोसमेत सुरक्षा स्रोतले जानकारी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं