बाल मन्दिरका विद्यार्थीलाई रोटरीको अभिप्रेरणा

पोखराको नदीपुरस्थित बाल मन्दिर स्कूलमा एसइइ परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई अभिप्रेरणा प्रदान गरिएको छ । रोटरी क्लब अफ अन्नपूर्ण र इंटरैक्ट क्लब अफ बाल मन्दिरको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रमका सहजकर्ता एवंं श्रोत ब्यक्ति उपेन्द्र पौड्यालले समय ब्यवस्थापन, लक्ष्य प्राप्ति र परीक्षा तयारी लगायतका अभिप्रेरणा सम्बन्धी जानकारी दिएका थिए ।

उक्त अवसरमा सहजकर्ता पौड्यालले निराश र डर नमानी निर्धक्क भएर परीक्षा दिनुपर्ने भन्दै अहिलेका विद्यार्थी भविष्यका कर्णधार भएको बताए । उनले अध्ययन जग भएको भन्दै यसलाई बलियो बनाउन मिहिनेत अपरिहार्य रहेको बताए ।

कार्यक्रममा बिद्यालयमका अध्ययनरत विद्यार्थी र शिक्षक सहभागी थिए । रोटरी क्लब अफ अन्नपूर्णका अध्यक्ष सुरेश ध्वजूको अध्यक्षतामा भएको कार्यक्रमको संयोजक दिनेश शकंर पालिखेले गरेका थिए ।

कार्यक्रममा इंटरैक्ट क्लब अफ बाल मन्दिरका अध्यक्ष विशाल चापागाई, बाल मन्दिर बिद्यालयका प्राचार्य शुशिल बस्नेत, शिक्षक तिलक कार्की, रोटरी क्लव अफ अन्नपूर्णका निवर्तमान अध्यक्ष बाबुराम बराल, असिस्टेन्ट गर्भनर डिल्लीप्रसाद शर्मा र प्रकाश उदास लगायतले विद्यार्थीहरूको अभिप्रेरणा, ब्यक्तित्व विकास र रोटरी सम्बन्धमा चर्चा गरेका थिए ।

विश्वका १ सय २० देशमा फैलिएको इंटरैक्ट क्लबले युवाको समग्र विकासमा विशेष कार्यक्रम गरिंदै आएको क्लबका पूर्व अध्यक्ष तथा कार्यक्रम संयोजक दिनेश शकंर पालिखेले जानकारी दिए ।