नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको प्रथम अधिवेशनबाट निर्वाचित कार्यसमितिको सोमबार पदस्थापन भएको छ ।
गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनकोे प्रमुख आतिथ्यमा भएको समारोहमा निर्वाचन समिति संयोजक अधिवक्ता विष्णुप्रसाद अधिकारीले कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
कार्यक्रममा मन्त्री पुनले प्रदेशको खेलकुद विकासका लागि मञ्चसँग मन्त्रालयको समन्वय हुने बताइन् । निर्वाचन संयोजक अधिवक्ता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सांसदद्वय मीना गुरुङ र दीपक कोइराला, पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, निर्वाचन समिति सदस्य समेत रहेका महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष सम्पन्न श्रेष्ठ, मञ्चका नवनिर्वाचित अध्यक्ष एकराज गिरी, पत्रकार महासंघ प्रदेश उपाध्यक्ष शान्ति गुरुङ लगायतले बोलेका थिए ।
कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष केशव पाठकले स्वागत र निर्वाचन समिति सदस्य प्रकाश बरालले संचालन गरेका थिए । सो अवसरमा निवर्तमान अध्यक्ष पाठकले अध्यक्ष गिरीलाई माइन्युज हस्तान्तरण गरेका थिए ।
गत फागुन २५ मा भएको निर्वाचनमा एकराज गिरीले दीननाथ बराललाई १ मतअन्तरले पछि पर्दै अध्यक्षमा निर्वाचित भएका थिए ।
११ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष रञ्जन अधिकारी, महासचिव विजय नेपाल, सचिव राजाराम पौडेल, कोषाध्यक्ष शशी पौडेल, सदस्य खुलातर्फ उमेश पुन, नारायण शाही ठकुरी, रोशन अधिकारी, समावेशी महिलातर्फ कविता घर्तीमगर, आदिवासी जनजातिमा गीता रानामगर र दलितमा सुशील नेपाली निर्विरोध भएका थिए ।





