मुख्य समाचार

यसरी मिलाउनेछ महानगरले विवाद

पोखरा महानगरपालिकाले मेलमिलापकर्तामार्फत विवाद समाधान प्रक्रिया सुरु गरेको छ । स्थानीय तहका भएका विवाद मेलमिलापका माध्यमबाट समाधान गर्ने उद्देश्यले न्यायिक समिति गठन हुने प्रावधान छ । स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा ३ सदस्यीय न्यायिक समितिको व्यवस्था छ । सम्बन्धविच्छेद, घर भाडा सम्बन्धी, साँधसीमाना मिचिएको, गाईभंैसीले बाली नोक्सान गरेको लगायत ११ प्रकारका विवादलाई मेलमिलापमार्फत समाधान गर्ने जिम्मेवारी न्यायिक समितिलाई छ । पोखरा महानगरको न्यायिक समितिले आफ्नो काममा तीव्रता दिएको छ । समितिले… पुरा पढौ

निर्मला पन्तको पोष्टर टाँस्नेमाथि लाठीचार्ज

दाङको घोराहीमा निर्मला पन्तको पोस्टर टाँस्ने अभियन्ताहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ । पोस्टर टाँस्ने समिर ओली लगायत पाँच जनालाई पक्राउ पनि गरेको छ । बुधबार दिउँसो पोस्टर टाँसिरहेको समूहमाथि प्रहरीले लाठीचार्ज गरेको हो । मंगलबार पनि पोस्टर टाँस्न प्रहरीले अवरोध गरेको थियो । पुरा पढौ

ओलीविरुद्ध उत्रिए प्रमुख नेताहरु

विवादित बनेको एशिया प्यासिफिक समिटमा प्रधानमन्त्री ओली सहभागी भएसँग नेकपाभित्र अहिले उनको विरुद्धमा शीर्ष नेताहरु उत्रिएका छन् । ओलीले विवादस्पद संस्थाको कार्यक्रममा सहभागी जनाएर नेपालको अस्मिता, गरिमा र धार्मिक संस्कारमाथि प्रहार गरेको आरोप जनस्तरबाट आईरहेको बेला आफ्नै पार्टीका शीर्ष नेताहरुपनि उनको विरुद्धमा उत्रिएपछि ओली अहिले तनाबमा छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल, शीर्ष नेता वामदेव गौतम लगायतका प्रभावशाली नेताहरु ओलीको विरुद्धमा उत्रिएका छन् । भीम रावलले… पुरा पढौ

अब झाडापखालाले मर्दैनन् जाजरकोटवासी !

जागरकोटको सडक सञ्जालसँग नजोडिएको बारेकोट गाउँपालिकामा हेलिप्याड निर्माण गरिएको छ । गाउँपालिकाको सबै वडामा हेलिप्याड निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । समय, समयमा हुनेगरेका प्रकोप तथा जोखिमको समयमा सहज रुपले सेवाप्रवाह गर्नका लागि गाउँपालिकाले १८ लाख खर्च गरेर हेलिप्याड निर्माण गरेको शाहको भनाइ छ । गाउँपालिकाको नौ वडामा हेलिप्याड निर्माण भइसकेकाले चाहेको समयमा हवाई मार्गबाट सेवा दिन सकिने भएको छ । जुम्लाको सिमानासँग जोडिएको यो बारेकोट गाउँपालिका जिल्लाको… पुरा पढौ

गण्डकी प्रदेशलाई लोकसेवा गठन गर्न स्वीकृति

सङ्घीय सरकारले कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरेसँगै गण्डकी प्रदेश सरकारले प्रदेश लोकसेवा आयोग गठनको काम अघि बढाएको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेकोे बैठकले प्रदेश लोक सेवा आयोग गठनका लागि आवश्यक कानून तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिएसँगै आयोग गठन प्रक्रिया शुरु भएको हो । सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बैठकका निर्णय सार्वजनिक गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोग गठन सम्बन्धमा आवश्यक कानूनको मस्यौदा बनाउन सैद्धान्तिक स्वीकृति दिएको… पुरा पढौ

अब पाँच–पाँच वर्षमा डाक्टरको लाइसेन्स नवीकरण

डाक्टरहरूको स्वास्थ्य सेवामा चौतर्फी प्रश्न उठ्न थालेपछि अब हरेक पाँच वर्षमा उनीहरूको परीक्षा हुने भएको छ । गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सकको क्षमता वृद्धिका लागि भन्दै मेडिकल काउन्सिलले पाँच–पाँच वर्षमा परीक्षा लिन लागेको हो । यसअघि एकपटक लाइसेन्स पाएपछि डाक्टर सधैँका लागि सेवामा योग्य हुने व्यवस्था थियो। तर, अब हरेक पाँच वर्षमा हुने परीक्षामा सय नम्बर ल्याएपछि मात्रै लाइसेन्स नवीकरण हुनेछ। सय नम्बर नल्याउने डाक्टरको लाइसेन्स नै खारेज हुनेछ। ‘यसअघि… पुरा पढौ

आइतबारदेखि पहिलो पटक संघ–प्रदेश बैठक

आगामी आइतबार हुने अन्तर प्रदेश परिषद्को बैठकको तयारी पूरा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुने बैठकको तयारी पूरा भएको कार्यालयका सचिव लक्ष्मणप्रसाद मैनालीले जानकारी दिए । मुलुक सङ्घीयतामा गइसकेपछि पहिलो पटक सङ्घ र प्रदेशबीच बैठक हुन थालेको हो । संविधानको धारा २३४ मा सङ्घ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्न देहायबमोजिमको एक अन्तर प्रदेश परिषद् रहने व्यवस्था रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष… पुरा पढौ

मुस्ताङको पुरानो यातायात समितिद्धारा लोकल सेवा

मुस्ताङको १२ वर्ष पुरानो यातायात समिति मुस्ताङ जीप तथा बस व्यवसायी समितिले स्थानीयको सेवा सुविधाका लागि आज मंगलबार देखि लोकल सेवा संञ्चालनमा ल्याएको छ । मुस्ताङमा सेन्डीकेट प्रथा कायम रहदा नियमित लोकल सेवा प्रवाह गर्दै आएको मुस्ताङ समितिले ३ वर्षपछि पूनः लोकल सेवा संञ्चालनमा ल्याएको हो ।यसका अलावा मुस्ताङमा भित्रिने अन्य जिल्ला बाहिरका समितले पनि आलोपालो लोकल सेवा दिने बताईएको छ ।जनताकै घरदैलो र जग्गा मासेर बनाईएको सडकमा स्थानीयले यो… पुरा पढौ

सरकारलाई घेराबन्दीमा पार्न खोजियो : पौडेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले सरकारलाई चौतर्फी घेराबन्दीमा पार्न खोजिएको बताएका छन् । दक्षिण पर्वतको पैयूँ गाउँपालिकास्थित हुवासमा सोमबार आयोजित शहीद स्मृतिसभामा उनले भने, ‘जनतामा लोकप्रिय हुन्छ भने डरले सरकारलाई प्रतिपक्षले घेराबन्दीमा पार्न खोजिएको छ ।’ नेकपाका केन्द्रीय सदस्य गुप्त हमाल र विजय गुरुङले पार्टीको निर्णय र सङ्गठनको मर्म बमोजिम नै सरकार अगाडि बढ्नुपर्नेमा जोड दिए । यसअघि नेता पौडेलले हुवासमा निर्मित शहीद गेटको पनि उद्घाटन… पुरा पढौ

नेकपा प्रदेश कमिटीले पायो पूर्णता

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले प्रदेश कमिटीका सदस्यहरुको नामावली सार्वजनिक गरेको छ। मंसिर १२ गते सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा), केन्द्रीय सचिवालयको सत्रौं बैठकले सातवटै प्रदेश कमिटीहरुमा सदस्यहरु मनोनयन गर्ने निर्णय गरेको थियो। तर, सचिवालय भित्र विवादका कारण नामावली सार्वजनिक हुन सकेको थिएन। ने क पाले असोज ५ गतेको १३ औँ बैठकबाट प्रदेश कमिटीका अध्यक्ष र सचिवहरू नियुक्त गर्नुका साथै प्रदेशहरूका लागि इन्चार्ज र सह–इन्चार्ज जिम्मेवारी तोक्ने… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं