बेनी–जोमसोम–कोरला सडकमा ३१ पुल आवश्यक

उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडकमा कुल ३१ वटा पक्की पुलको आवश्यकता पर्ने करिडोल सडकले जनाईएको छ ।


आयोजना प्रमुख नरेन्द्र सुबेदीले बेनी देखि जोमसोम सम्मको सडकमा ९ वटा र जोमसोम देखि कोरला सम्मको सडकमा ४ वटा पक्की पुलहरु निर्माणधिन अवस्था र केहीको ठेक्का प्रक्रियामा रहेको खुलाए । 

व्यवस्थापनको चरणमा रहेका पुलहरुमा बेनी देखि जोमसोम सम्मको सडकमा ८ वटा र जोमसोम देखि कोरला सम्मको सडकमा ६ वटा पक्की पुल छन् ।यसका अतिरिक्त पुल सेक्टर पाल्पाले २ वटा र डोलिडारले १ पुलको जिम्मा लिएको आयोजना प्रमुख सुबेदीले बताए ।


बेनी देखि जोमसोम सडकमा निर्माणधिन अवस्था र ठेक्का व्यवस्थापनको चरणमा रहेका पुलहरुमा राहुघाट खोला गलेश्वर,घट्टे खोला दाना,रुप्से खोला दाना,खहरे खोला घासा,लेते खोला लेते,छाक्ताङ खोला छाक्ताङ,मार्फा खोला मार्फा र स्याङ खोला स्याङ छन् ।यस्तै,जोमसोम देखि कोरला सम्मको सडकमा पान्डा खोला,कागबेनी खोला,छुसाङ खोला र चराङ खोला छन् ।


आयोजनाको सुचिमा व्यवस्थापनको चरणमा रहेका पुलहरुमा बेगखोला म्याग्दी,द्धारी खोला दाना,काईको खोला घासा,सेतो खोला लेते,बोक्सी खोला,लार्जुङ खोला लार्जुङ,थापाखोला टुकुचे,समर खोला समर,घमी खोला ,लोमान्थाङ खोला,किम्लिङ खोला,नाम्डोल खोला र भर्मा खोला छन् ।यि पुलहरुको हाल सम्म करिडोर सडकलाई बजेट बिनियोजन नभएको आयोजना प्रमुख सुबेदीले जानकारी दिए ।


आयोजनाले अख्तियारी पाएका पुलहरु मध्ये कतिपय सम्पन्न भएको र कतिपयको पुलको डिजाईन भईरहेको र कतिपयको डिजाईन गर्न बाँकी रहेको आयोजना प्रमुख सुबेदीको भनाई छ ।

३ वर्ष अघि रातो किताबमा समाबेश भएर पनि हालसम्म सडक बिभागले बोक्सी खोला पुल निर्माणको ठेक्का लगाउन नसकेको सुबेदीले बताए । उनले सडक बिभागबाट स्वीकृत डिजाईन प्राप्त नभएकाले ठेक्का प्रक्रियामा प्रबेश गर्न नसकिएको जानकारी दिए ।