घूसहित पक्राउ परेका गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा तारानाथ पौडेलविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन अनुसार सजाय हुन माग दावी गर्दै आरोपपत्र दायर गरेको हो । १ विद्यार्थीको लोकसेवामा नाम निकालिदिन्छु भन्दै डा पौडेलले १ लाख दिँदै गर्दा अख्तियारले पक्राउ गरेको थियो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम उनीउपर मुद्दा दायर भएको हो । पौडेललाई बिगो १ लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र सोही दफाको उपदफा १ को ९ग बमोजिम सजाय माग दाबी गरिएको छ ।
स्वास्थ्य सेवाको ११ औं तहका पौडेल वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक भइसकेका छन् । क्षेत्रीय स्वास्थ्य निर्देशनालय खारेज भएर प्रदेश मातहत आएपछि उनी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक बनेका थिए ।