मुख्य समाचार

घाँटी अठ्याएर बालिका मार्ने कुसुम जीवनभर जेलमा

असोज ७ गते साँझ बिस्कुट किन्न निस्किएकी बालिका साँझ घर फर्किइनन् । छिमेकी एक आपराधिक मनोवृतिका युवाको हातबाट मारिइन् । नसामा लठ्ठ परेर बलात्कार गर्न खोज्दा नदिएपछि घाँटी अठ्याएर क्रूरतापूर्वक हत्या गर्ने पोखरा २२ पुम्दीपुम्दीका कुसुम पौडेलको पूरै जीवन अब जेलमै जानेछ । श्रीयाका बाबुले अर्की बिहे गरेपछि उनी मामाघरमा बस्थिन् । बालिका बलात्कारपछि हत्या गर्ने २७ वर्षीय कुुसुमलाई १ जिल्ला अदालत कास्कीले जन्मकैद सजाय सुनाएको छ । श्रीयाको बलात्कारपछि… पुरा पढौ

काठमाडौं चक्रपथमा अब मोनोरेल

काठमाडौँ महानगरपालिकाको चक्रपथमा मोनोरेल सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) निर्माण गर्न चिनियाँ कम्पनीसँग सम्झौता गरिएको छ । काठमाडाँै महानगरपालिकाले चाइना रेलवे २५औंँ ब्युरो ग्रुप कम्पनीसँग डिपिआरका लागि आज राजधानीमा सम्झौता गरेको हो । सम्झौतामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र रेलवे कम्पनीका ओभरसिज विजनेस म्यानेजमेन्ट विभाग प्रमुख झ्यू ग्वाङ्विङ्ले हस्ताक्षर गरे । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सबै राजनीतिक दलको साझा एजेण्डा र सबैको सपना मोनोरेल भएको उल्लेख गर्दै राज्यलाई आर्थिक… पुरा पढौ

प्रदेशसभा र स्थानीय तहका खाली पदमा चुनाव कहिले ?

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले प्रदेशसभा र स्थानीय तहमा रिक्त पदमा आगामी चैत वैशाखभित्र निर्वाचनको तयारीका लागि वातावरण बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बुधबारको बैठकले स्थानीय सरकारको रुपमा रहेका जनप्रतिनिधिको पद लामो समयदेखि रिक्त रहँदा जनतामा सेवा प्रवाह प्रभावित हुने पक्षलाई हेक्का राख्दै प्रदेश र स्थानीय तहका खाली पदमा यथाशीघ्र निर्वाचन गरेर पदपूर्ति गर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो । बैठकले प्रदेशसभा र स्थानीय तहमा… पुरा पढौ

संसदको हिउँदे अधिवेशन पुस ११ बाट

 राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको हिउँदे अधिवशेन आह्वान गरेकी छिन्।  राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस नोटका अनुसार पुस ११ गते दिउँसो ४ बजेका लागि अधिवेशन आह्वान गरिएको हो। सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान गरेकी हुन्। संसद भवन मर्मतको कार्य भइरहेको भन्दै अधिवेशन आह्वानमा ढिलाई भएको कानूनमन्त्री भानुभत्त ढाकालले बताएका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठकका कारण पनि अधिवेशन बोलाउन ढिलाइ भएको थियो। विधेयक अधिवेशनसमेत भनिने गरेको यस अधिवेशनमा… पुरा पढौ

युवाको जीवन अब धराप’मा पर्र्दैन : गोकर्ण विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाको जीवन ‘धराप’मा राख्ने अवस्थाले अब निरन्तरता नपाउने बताउनुभएको छ । अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०१८ का अवसरमा मंगलबार वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले आयोजना गरेको ‘वैदेशिक रोजगारीः अबको बाटो’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले भने, “अझै पनि वैदेशिक रोजगारीका क्षेत्रमा विकृति, विसङ्गति र अपारदर्शीता छन्, अब यस्तो विसङ्गति धेरै दिन रहँदैन, पसिना बगाउने श्रमिक अपमानित बन्नुपर्ने अवस्थाको अन्त्य हुन्छ ।”… पुरा पढौ

गण्डकीका स्वास्थ्य निर्देशक डा. तारानाथ विरुद्ध मुद्दा

घूसहित पक्राउ परेका गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा तारानाथ पौडेलविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन अनुसार सजाय हुन माग दावी गर्दै आरोपपत्र दायर गरेको हो । १ विद्यार्थीको लोकसेवामा नाम निकालिदिन्छु भन्दै डा पौडेलले १ लाख दिँदै गर्दा अख्तियारले पक्राउ गरेको थियो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम उनीउपर मुद्दा दायर… पुरा पढौ

भिआइपीलाई डेढ अर्बमा हेलिकोप्टर, पूर्वराजा बुद्ध एअरमा पोखरा

दोस्रो जनआन्दोलनबाट स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रमा सरकार र राष्ट्रपति फजुलखर्ची र सौखिन बनेको गुनासो बढेको छ । जनताका सन्तान नै नेपालमा सरकार र राज्य प्रमुख बनेका छन् । सरकारले भीभीआईपी (राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री) का लागि मात्र उडान गर्न १ अर्ब ५० करोड रुपैयाँमा हेलिकप्टर खरिद किनेको समाचार प्रकाशन भएकै दिन सोमबार पूर्व राजा ज्ञानेन्द्र शाह पोखरा आए । पञ्चायतकाल र बहुदलकालमा तत्कालीन राजाका लागि मात्र उडान गर्ने ‘सुपरपुमा’… पुरा पढौ

बेनी–जोमसोम–कोरला सडकमा ३१ पुल आवश्यक

उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडकमा कुल ३१ वटा पक्की पुलको आवश्यकता पर्ने करिडोल सडकले जनाईएको छ । आयोजना प्रमुख नरेन्द्र सुबेदीले बेनी देखि जोमसोम सम्मको सडकमा ९ वटा र जोमसोम देखि कोरला सम्मको सडकमा ४ वटा पक्की पुलहरु निर्माणधिन अवस्था र केहीको ठेक्का प्रक्रियामा रहेको खुलाए ।  व्यवस्थापनको चरणमा रहेका पुलहरुमा बेनी देखि जोमसोम सम्मको सडकमा ८ वटा र जोमसोम देखि कोरला सम्मको सडकमा ६ वटा पक्की… पुरा पढौ

संविधानले दिए दुवै प्रधानमन्त्री बन्थ्यौं

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले २ अध्यक्ष मिलेर पार्टी चलाई संसारकै नमूना तरिकाले काम गरेको दाबी गरेका छन् । उनले भने, “प्रजातन्त्रको नमूना काम गर्ने हाम्रो पार्टी नै हो, दुई अध्यक्ष भएर राम्ररी पार्टी चलाएका छाँै, यतिको राम्रो उदाहरण संसारमा कहीँ देखिएको छैन ।” ठट्टाको शैलीमा प्रधानमन्त्री ओलीले भने, “संविधानले दिँदैन, नत्र २ जना मिलेर प्रधानमन्त्री भई देश पनि चलाउथ्यौं ।” तत्कालीन एमाले निकट… पुरा पढौ

महाधिवेशनपछि पहिलो कांग्रेस महासमिति बैठक

सङ्घीय संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसको महासमिति बैठक शनिबार सुरु भएको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसको चुनाव चिह्न रुखमा जल सेचन तथा दीप प्रज्वलन गरेर बैठकको शुभारम्भ गरे । सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाइएको महासमिति बैठकमा एक हजार ६ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । ‘गौरवमय इतिहास, जिम्मेवार वर्तमान र उज्यालो भविष्य’ नारा रहेको महासमिति बैठक आगामी पुस ३ गतेसम्म चल्नेछ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं