आज बिहान ५ बजेर ६ मिनेटमा ४ दशमलब ७ रेक्टर स्केलको भूकम्प गएको छ ।
सिन्धुपाल्चोक केन्द्रबिन्दु भूकम्पको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का राजधानी काठमाण्डुमा समेत महसुस गरिएको थियो ।
सुतिरहेका बेला गएको भूकम्पबारे धेरैले थाहै पाएनन् । केन्द्रका अनुसार यो २०७२ को वैशाख महाभूकम्पकै पराकम्प हो ।