मुख्य समाचार

स्थायी कमिटी बैठकपछि एकता पूरा हुन्छ : प्रकाश

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टीको जारी स्थायी कमिटी बैठकपछि तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकता पूरा गरिने बताएका छन् । पार्टीको गण्डकी प्रदेश कमिटीले मंगलबार पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी एकताको तीन महीनाभित्र सबै तहको एकीकरण सक्ने बताइए पनि विभिन्न कारणले सात महीनासम्म पनि एकता पूरा नभएकाले स्थायी कमिटी बैठक लगत्तै साङ्गठनिक एकता पूरा गरेर पार्टी एकताको उद्देश्य सफल बनाउने बताए । जारी… पुरा पढौ

हिउँदे अधिवेशन हुँदै : १७४ वटा कानुन संशोधनको तयारी

सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन भोलि बुधबारदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भवन नयाँ बानेश्वरमा बुधबार अपराह्न ४ बजे प्रारम्भ हुने गरी सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । नेपालको संविधानले सरकारको सिफारिशमा राष्ट्रपतिलाई सङ्घीय संसद्को अधिवेशन आह्वान र अन्य गर्ने अधिकार प्रदान गरेको छ । संसद्को हिउँदे अधिवेशनका रुपमा रहने यो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा लिने गरिन्छ । संसद्को आगामी अधिवेशनको पूरै… पुरा पढौ

प्रधानमन्त्री संविधान संशोधन गर्न तयार

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी, नेपालको माग तत्काल सम्बोधन गर्न तयार भएका छन् । राजपा नेपालको अध्यक्ष मण्डलसँग मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले संविधान संशोधन गर्ने लगायतका माग छिटोभन्दा छिटो गर्न सरकार तयार रहेको बताएका हुन् ।  राष्ट्रिय जनता पार्टी, नेपालका नेतृत्वसँगको भेटमा प्रधानमन्त्री ओलीले उनीहरुको माग छिटोभन्दा छिटो समाधान गरेर अघि बढ्न तयार रहेको बताएका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।… पुरा पढौ

विप्लवको पार्टीले माग्यो ५ वर्ष सत्ता

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले अहिलेको संसदीय व्यवस्था र दलका नेताहरु असफल भएकाले सत्ताको नेतृत्व ५ वर्ष आफूलाई दिन माग गरेका छन् । आफूहरुले ५ वर्ष सरकारको नेतृत्व गर्न पाए अहिलेको अवस्थामा आमूल परिवर्तन गरेर देखाइदिने र नसके ५ वर्ष भन्दा बढी एक दिन पनि सत्तामा नबस्ने पनि उनले बताए । तर, यही व्यवस्था अन्तर्गत हुने चुनावमा भाग भने नलिने उनले प्रष्ट पारे । उनले सरकारले आफ्नो… पुरा पढौ

निजी जग्गामा विप्लवको झण्डा

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट जनपरिषद् तनहुँले बन्दीपुर गाउँपालिका १ डुम्रेस्थित ऋषि अधिकारीको जग्गामा झण्डा गाडेको छ । सार्वजनिक जग्गा मिचेको गुनासो आएको भन्दै जनपरिषद्ले सोमबार बिहान अधिकारीको जग्गामा झण्डा गाडेको हो । इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले सोमबार नै उक्त जग्गाबाट नेकपाको झण्डा हटाएको छ । अधिकारीले भने आफूले सार्वजनिक जग्गा नमिचेको बताएका छन् । आफूसँग उक्त जग्गाको लालपूर्जा भएको भन्दै उनले भने, ‘मेरो आफ्नै जग्गामा झण्डा… पुरा पढौ

कालीकोटमा भिषण आगलागी

कालीकोटको पलाता गाउँपालिका-  १, खाडा गाउँस्थित न्यौपानेबस्तीमा सोमबार बिहान लागेको आगोले ठूलो क्षति भएको छ । बिहान साढे २ बजेतिरबाट आगलागी सुरु भए पनि अझैसम्म पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । ३२ बढी घर रहेका न्यौपाने बस्तीमा ३० घर जलीसकेको स्थानीयले बताएका छन् । खरले छाएका घर भएकाले आगोले बढी क्षति पुर्‍याएको बताइएको छ । यद्यपि, क्षतिको पूर्णविवरण आउन बाँकी छ सुख्खा क्षेत्र भएको र फुसको छाना भएका घर… पुरा पढौ

आत्मालोचना कुनै पनि हालतमा गर्दिनँ : ओली

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र सदस्य भीम रावलबीच चर्काचर्की भएपछि बैठक नै स्थगित भएको छ । आइतबार स्थायी कमिटी बैठकमा रावलले हालै सम्पन्न एसिया प्यासिफिक सम्मेलनका बारेमा पार्टी र सरकार नेतृत्वले सहभागी भएर गल्ती गरेको भन्दै आत्मालोचना गर्नुपर्ने माग गरेका थिए । नेकपा स्रोतका अनुसार रावललाई बैठकमा स्थायी कमिटीका सदस्यहरू घनश्याम भुसाल, योगेश भट्टराई, रघुजी पन्त, अग्निप्रसाद सापकोटा लगायतका नेताले साथ दिए ।… पुरा पढौ

घर नबनाउने ५ को अनुदान फिर्ता

भूकम्पपछि घर पुनर्निर्माणको रकम लिएर पनि घर नबनाएका पर्वतका लाभग्राहीले रकम फिर्ता गर्न सुरु गरेका छन् । राष्ट्रिय पुनर्निर्माण आयोजना कार्यान्वयन इकाइ पर्वतका अनुसार पर्वतका ५ जनाले पहिलो किस्ता वापतको ५० हजार फिर्ता गरेका हुन् । रकम फिर्ता गर्नेमा फलेवास नगरपालिका ३ शंकरपोखरीका १ जना, कुश्मा ९ कटुवाचौपारीका १ जना,कुश्मा पिपलटारीका २ जना र कुश्मा ११ पुकुवाका १ जना छन् । राष्ट्रिय पुनर्निर्माण आयोजना कार्यान्वयन इकाइ पर्वतका प्रमुख जगदीश शर्माले… पुरा पढौ

मुस्ताङमा मोटरसाईकल दुर्घटना,सवारी चालक भट्राईको अवस्था चिन्ताजनक

हिमाली जिल्ला मुस्ताङमा पहिलो पटक मोटरसाईकल दुर्घटना हुदा काठमान्डौ महानगरपालिका मुलपानी बस्ने वर्ष २८ का भबेस भट्राईको अवस्था चिन्ताजनक रहेको अस्थायी ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक बिष्णुपल्ली मगरले जानकारी दिए । काठमान्डौ देखि मुक्तिनाथ मन्दिरको दर्शन गर्न बा ५६ प ८८२९ नम्बरको मोटर साईकल यात्रा गदै मुस्ताङ आएका सवारी चालक भट्राईसहित अर्को एक व्यक्तिको आईतवार साझ करिव ५ बजेको समय जोमसोम र पान्डाखोला सडकबीच कालिगण्डकी नहरमा दुर्घटना भएको सहायक निरीक्षक… पुरा पढौ

राजधानीमा बिहानै भूईचालोको धक्का

आज बिहान ५ बजेर ६ मिनेटमा ४ दशमलब ७ रेक्टर स्केलको भूकम्प गएको छ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भूकम्पको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का राजधानी काठमाण्डुमा समेत महसुस गरिएको थियो । सुतिरहेका बेला गएको भूकम्पबारे धेरैले थाहै पाएनन् । केन्द्रका अनुसार यो २०७२ को वैशाख महाभूकम्पकै पराकम्प हो । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं