ती महिलालाई मैले त्यसदिन भन्दा अगाडि कहिल्यै देखेको थिइन । घर बनाउन लागेको ठ्याक्क नौ महिना भयो, आज मात्र देखेँ । भैयाँहरुसँग बालुवा सिमेन्टको काम गरिरहेको । भन्नाले ऊ बालुवा बोक्ने, सिमेन्ट बोक्ने र बालुवा सिमेन्ट मोलेर भैयाँहरुले प्लाष्टरवालालाई दिने ।
हुन त देखेँ भन्नु मात्र हो, अनुहार सर्लक्क हेर्न पाएको छैन । जतिबेला पनि गुम्लुङ्ग सलले अनुहार छोप्छिन् । पुरै अनुहार छोपेर घाँटीमा बेर्छिन् । तब म सोच्छु, वास्तवमै उनी कस्ती होलिन् ? घरी–घरी हास्दा लाग्थ्यो, उनी सेता दन्तलहर जस्ती सुन्दर होलिन् । जिउडाल मिलेको छ । आँखाले बहिष्कार गर्ने खाले रुपरङ्ग त कदाचित छैन ।
एकपटक पूर्णकदको सुन्दरता देख्न पाए कस्तो अनुभव हुन्थ्यो ? मनमा के कस्ता तरङ्ग आउँथे ? मस्तिष्कले को सित दाँज्थ्यो ? म मनमनै मनसित बात मार्छु । उनलाई पाएँ यसो राम्ररी नियाल्ने विचारमा थिग्रिन्छु ।
एकदिन सधैँ जसो उनी आइन् । आफ्नो काम गर्न थालिन् । सायद घाम अलि चर्को लागेर होला अनुहारबाट सल खोलिन् । अहो Û अनुहार त चाँदीको जलप लाए जस्तो । नाक, मुख, आँखा, निधार, कान उचित ठाउँमा टलक्क मिलेका । अझ भनौँ १० औं वर्ष लागेर कुदेर बनाएको सीताको मूत्र्ति जस्तो । ओठको लिपिष्टिक कति सुहाएको ? हास्दा टल्केका दन्तले बिहानी प्रकाशको याद दिलाउने । मैले श्रीमतीसँग दाँजे । परिणाम उसैको भारी भयो ।
वास्तवमा उनी सुन्दर रहिछिन् । त्यति सुन्दर रहिछिन् र पो अनुहार सलले बेहे्रेकी । अर्थात् थाहा भयो वास्तविक कारण किन जति बेला पनि सल ओढ्छिन् उनी । भन्दा उनले भनेकी …घामले छाला डढ्छ क्याÚ भनेकी ।
यो स्वाभाविक हो, सुन्दर हुनु मात्र प्रयाप्त होइन । सुन्दरताको जतन गर्न पनि सक्नुपर्छ । जान्नुपर्छ । अनि दृष्टिकोणमा सकारात्मक भाव छाउँछ । त्यसरी सल हटाएपछिको सर्वाङ्ग मुहार मैले धित मरुञ्जेल हेरेँ । अझ हेर्दै थिएँ, उनले साबेल चलाइन् । मसला टाटीमा राखेर माथि कोठामा लादै थिइन् । मैले बाटो छोडिदिएँ । मलाई लाग्यो, सायद उनले सोची होलिन्, आज किन घरभेटीले मलाई खाउँला जसरी हेरिरहेको छ ?
म उनलाई हेर्दाहेर्दै दोस्रो तलामा गएँ । दोस्रो तलामा केही काम भए जसरी । तर मेरो केही काम थिएन । मैले घरको रेखदेख नगरे पनि हुने हो । ठेकदारलाई ठेक्का दिएको हुनाले । तर आज ठेकदार थिएन । कामदारको रेखदेख र निरीक्षण गर्नु पनि मेरो जिम्मेवारी ठानेँ । कुनै दिन यसरी म घरका बारेमा के गर्दैछन् बुझ्न आएको थिइन् । आज तलदेखि कौसीसम्म गएँ ।
उनी तल ओर्लिसकेकी थिइन् । साबेलले मसला ओर्काइफकाई पार्दै थिइन् । म निकै रसतक लाएर हेरिरहेको थिएँ । त्यसरी साबेलले मसला राख्दा उनका एक जोली परेवा छातीमा खेलिरहेका थिए । आपसमा जिस्किरहेका थिए । घरी–घरी त यस्तो लाग्थ्यो, भुइँमा ओर्लेर दाना टिप्न तम्तयार छन् । कति भकुल्ला । कति लचकदार र कति गोलबद्ध ।
कता–कता संशय लाग्यो । कतै मैले त्यसरी हेरिरहेको उनले देखिरहेकी त छैनन् ? यदि देखिन् भने त अन्यथा सोच्लिन् । ठीक त्यति नै बेला उनले पुलुक्क हेरिन् । म चोर्दाचोर्दैको चोर जसरी पक्डिएँ फेरि उनी आफ्नो काम गर्न थालिन् । म भने आफ्नै धुनले कल्पनाको जाल बुन्न थालेँ । बुनिरहेँ । फेरि मसला लिएर माथि कोठामा आइन् । म केही नसोची ऊ नजिक पुगेँ । …कित्ना टायम लागेको ?Ú एउटा भैँयाले भन्यो ।
मसला भरिएको टाटी भुइँमा राख्दै भनिन्, …मसला मोल्न परेन ? मेसिन हो र मेरो हात ?Ú मुखले त्यति भनिन् । तर मनले भने अलि धेरै नै भने जस्तो लाग्यो । …के–के न खाए जसरी थर्काउँछ ।Ú उनको मुख भाव देख्दा त्यस्तै या त्यो भन्दा बढी कुरा खोलाए जस्तो लाग्थ्यो ।
दिउँसो ३ बज्यो । मैले तिनीहरुलाई बिस्कुट र चिया दिएँ । उनी मेरो आडमा ब्लक माथि बसिन् । …माथिको घर बनाउँदा त एक कप कालो चिया पनि दिएनन् । दिनभरि भोकभोकै पानीको भरमा काम गरियो दुई महिना जति । कोहीको त मन पनि कत्ति निष्ठुरी हुँदोरहिछ ।Ú उनले घुमाइफिराई अन्त्र्यमा मेरो प्रशंसा गरिन् । प्रशंसाको भोक कसलाई हुन्न त्यो सुनेर मलाई निको लाग्यो ।
भैँयाहरु अलि पल्तिर गए । सुर्ती माड्न थाले । त्यहाँ उनी र म मात्रै भयौँ । मैले नयाँ प्रसङ्ग खोतल्दै भनेँ, …कहाँ बस्छेऊ नानी ?Ú
…नयाँ गल्लीमाÚ
…एक्लै बस्छेऊ कि साथीहरुसँग बस्छेऊ ?Ú
…एक्लै बस्छु, एउटा छोरा छ ।Ú
…बुढा कहाँ छन् नि ?Ú
…कतारमा गएको दुई वर्ष भयो ।Ú
त्यहाँ भन्दा बढी खुल्न चाहिनन् । सायद बुढासँग अनमन थियो होला । मन नलागि–नलागि जवाफ दिएकी थिइन् । यसर्थ मैले थप खोतलिन ।
बेलुका मलाई अघिल्ला दिन जसरी साविकको निद्रा लागेन । उसका बारेमा पटक–पटक सोचेँ, यति सुुन्दर एउटी महिला ज्यामी काममा । लोग्ने विदेश छ भन्छे । एउटा छोरो छ भन्छे । छोरो बहिनीले रेखदेख गरिदिन्छे भन्छे । यदि ऊ चाहन्थी भने त रुप र सौन्दर्यलाई पस्कन सक्थी । त्यसरी त्यस्तै ठाउँमा पस्की भने पैसाका लागि ज्यामी काम गर्न पर्दैन । यो दुःख र कष्ट पनि । पक्कै यसको अन्तर्यमा एउटा दिलचस्वी कथा हुनसक्छ । जुन कथा मलाई खोतल्न मन लाग्यो । तर किन लाग्यो मलाई रत्तिभर थाहा थिएन ।
कथा त सबैका आ–आफ्ना हुन्छन् । फरक यत्ति हो लेखिएका कथा इतिहास बन्छन् । नलेखिएका या हारेका कथा जीवन सँगसँगै माटोमा विलिन हुन्छन् । तर म त्यसो हुन दिइन् । ऊ कुनै अप्ठ्यारोमा परेकी रहिछे भने म उद्धार गर्छु । साथ र सहयोग दिन्छु । यसै पनि एक्लोपनबाट आजित जीवनलाई खुसीका बाछिटाले रुझाउन छ । जीवनको पुर्नाभास हुनसक्छ । सम्भावनामा पाइला चाल्दा के बिग्रियो त ? म सोचेर थाक्दिन ।
भोलिपल्ट म बजार गएँ । ठेकदार आएको थियो । जसको पनि सहजै विश्वास लाग्ने मैले कुनै शंका गर्दिन् र गरिन । खाजा आमालाई दिन भनेर आएको थिएँ । जि.प्र.का.मा. काम थियो । अनि न्यूरोडमा एक जना पत्रकार साथीसँग चिया गफ भयो । अनायास मेरो मन उनीतर्फ लोभियो । एकै झल्को देख्ने, एकै पटक भेट्ने मन भयो । तब साथीसँग विदा मागे । कुनै प्रेमीलाई भेट्न जसरी आतुर देखाएँ । स्कुटर चलाएँ । त्यतिबेला तीन बजेको थियो ।
मैले स्कुटर चलाइरहेको थिएँ । गड्याङ् गुडुङ भयो । पोखराको बेभरे मौसम पानीका थोपा परे । मैले रेनकोर्ट निकाल्न लागे । उनी त्यसैबेला म तिर आउँदै थिइन् । …छोरा बिरामी भएर आएकी ।Ú मैले केही नसोद्धै भनिन् ।
मैले अरु केही नसोची प्वाक्क बोलेँ, …औषधि गर्ने पैसा त छ ? कि जाऊ हिँड् मसँग ।Ú
…भो मालिक भए अलिकति पैसा दिनोस् । म ठेकदारले दिएपछि दिन्छु ।Ú
मैले उनलाई केही हजार दिएँ । देलिन् नदेलिन् अर्थात् अरुले झैँ दिन्छु भनेर खालान्, त्यस्तो केही नसोचिकन दिएँ । उसलाई त्यसरी पैसा दिँदा कुनै अपसोच भन्दा मलाई आनन्द लाग्यो । त्यो किन लाग्यो मलाई थाहा भएन ।
एक महिनासम्म उनीसँग भेट भएन । मैले उनको खोजीनीति पनि गरिन् । पैसा नपाउन हो कि भनेर कुनै चिन्ता पनि गरिन् । कहिलेकाही सम्झनामा आउँथिन् तर अविश्वास प्रकट मबाट भएन ।
एकदिन महेन्द्रपुलमा भेट भइन् । मारवाडी भोजनाालयमा । उनी छोरो र एक जना सँगसँगै थिए । …साहूजी नमस्कार । हजुरलाई बगरमा भेटेपछि म भलाम काममा जानै छोडेँ । भेट पनि हुन छाड्यो । … उहाँलाई पाँच हजार दिनोस् त । छोरो बिरामी हुँदा मागेकी थिएँ ।Ú उनले भनिन् ।
‘नमस्कार अप्ठ्यारो पर्दा सहयोग गर्नु भर छ,’ उनीसित उभिएको पुरुषले भन्यो । र लउनोस् भन्दै हजार–हजारका पाँच वटा नोट दियो । जुन पैसा फिर्ता पाउँदा ममा खुसी छाउनु पर्दथ्यो तर आएन । वास्तवमा भन्दा म उनलाई यसरी नै सहयोग गर्न चाहन्थे । ताकी उनको मनभित्र मेरो साम्राज्य खडा होस् ।




