हिमाली जिल्ला मुस्ताङमा पहिलो पटक मोटरसाईकल दुर्घटना हुदा काठमान्डौ महानगरपालिका मुलपानी बस्ने वर्ष २८ का भबेस भट्राईको अवस्था चिन्ताजनक रहेको अस्थायी ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक बिष्णुपल्ली मगरले जानकारी दिए ।
काठमान्डौ देखि मुक्तिनाथ मन्दिरको दर्शन गर्न बा ५६ प ८८२९ नम्बरको मोटर साईकल यात्रा गदै मुस्ताङ आएका सवारी चालक भट्राईसहित अर्को एक व्यक्तिको आईतवार साझ करिव ५ बजेको समय जोमसोम र पान्डाखोला सडकबीच कालिगण्डकी नहरमा दुर्घटना भएको सहायक निरीक्षक मगरले बताए ।उनका अनुसार मोटरसाईकलको पछाडि पट्टी बस्ने व्यक्ति भने सकुशल रहेका छन्
दुर्घटनाको खबर पाएपछि प्रहरी टोली घटना स्थल पुगेको थियो । चिन्ताजनक अवस्थामा रहेका घाईते भट्राईको थप उपचारका लागि स्थानीय जीप मार्फत पोखरातर्फ लैजादै गरेको ट्राफिक प्रहरी सहायक निरीक्षक मगरले जानकारी दिए ।
मुस्ताङको सडकमा चल्ने बस तथा जीपहरु दुर्र्घटना भएपनि मुस्ताङको सडकमा मोटरसाईकल दुर्घटना भने पहिलो हो ।स्थानीय रुटमा चल्ने बस कागबेनीमा दुईपटक दुर्घटना भएको हो भने,बेनी जोमसोम कोरला सडकमा प्रयोग भएको ट्रिपर दुर्घटना हुदा २० जनाको ज्यान गएको थियो ।
पछिल्लो समय बेनी जोमसोम सडक फराकिलो र स्तरोन्नति गर्दैगर्दा विभिन्न जिल्लाबाट नेपाली यूवाहरु मोटरसाईकलको यात्रा गर्दै मुस्ताङ आउने क्रममा बृद्धि भएको अस्थायी ट्राफिक कार्यालय जोमसोमले जनाएको छ ।