निजी जग्गामा विप्लवको झण्डा

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट जनपरिषद् तनहुँले बन्दीपुर गाउँपालिका १ डुम्रेस्थित ऋषि अधिकारीको जग्गामा झण्डा गाडेको छ ।


सार्वजनिक जग्गा मिचेको गुनासो आएको भन्दै जनपरिषद्ले सोमबार बिहान अधिकारीको जग्गामा झण्डा गाडेको हो । इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले सोमबार नै उक्त जग्गाबाट नेकपाको झण्डा हटाएको छ ।


अधिकारीले भने आफूले सार्वजनिक जग्गा नमिचेको बताएका छन् । आफूसँग उक्त जग्गाको लालपूर्जा भएको भन्दै उनले भने, ‘मेरो आफ्नै जग्गामा झण्डा गाडेको सुन्दा अचम्म लाग्यो ।