गण्डकीको हिउँदे अधिवेशन पुस २३ बाट

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन पुस २३ गतेबाट सुरु हुने भएको छ । मन्त्रीपरिषद् बैठकले पुस २३ गतेबाट अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय हो ।


आवश्यक बिजनेस तयार भएकाले अधिवेशन गर्न लागिएको सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए । गण्डकी प्रदेशको वर्षे अधिवेशन असोज ८ मा सकिएको थियो ।


यो अधिवेशनका लागि सरकारले ८ विधेयक तयार पारेको भने पहिल्यै दर्ता भएका ३ विधेयक पनि यही अधिवेशनमा पारित गर्ने तयारी छ ।