भिआइपीलाई डेढ अर्बमा हेलिकोप्टर, पूर्वराजा बुद्ध एअरमा पोखरा


दोस्रो जनआन्दोलनबाट स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रमा सरकार र राष्ट्रपति फजुलखर्ची र सौखिन बनेको गुनासो बढेको छ । जनताका सन्तान नै नेपालमा सरकार र राज्य प्रमुख बनेका छन् ।


सरकारले भीभीआईपी (राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री) का लागि मात्र उडान गर्न १ अर्ब ५० करोड रुपैयाँमा हेलिकप्टर खरिद किनेको समाचार प्रकाशन भएकै दिन सोमबार पूर्व राजा ज्ञानेन्द्र शाह पोखरा आए ।


पञ्चायतकाल र बहुदलकालमा तत्कालीन राजाका लागि मात्र उडान गर्ने ‘सुपरपुमा’ हेलिकप्टर थियो ।


उनी बुद्ध इअरको प्लेटबाट पोखरा आएका हुन् । यसले जनउत्तरदायी हुनुपर्ने सरकार झन फजुलखर्ची बनेको तर्कलाई थप मजबुत बनाएको छ । नेपाली सेनाले इटालीमा बनेको १४ सिट क्षमताको ‘अगुस्टा–वेस्टल्यान्ड–एडब्लू–१३९’ हेलिकप्टर यसका लागि किनेको हो ।


यो हेलिकप्टर भीभीआईपीको उडानका लागि चौबिसै घण्टा तयारी अवस्थामा (स्ट्यान्डबाई) राखिनेछ । सेनाले खुला प्रतिस्पर्धाको प्रक्रिया नअपनाई सोझै इटालीको उत्पादक कम्पनीसँग वार्ताका माध्यमबाट खरिद सम्झौता गरी हेलिकप्टर किनेको हो ।

पञ्चायतकाल र बहुदलकालमा तत्कालीन राजाका लागि मात्र उडान गर्ने ‘सुपरपुमा’ हेलिकप्टर थियो ।


पोखरा आएका ज्ञानेन्द्र शाहलाई यहाँ उनका समर्थकले स्वागत गरे । सोमबार आएका शाह अंग्रेजी नयाँ वर्ष मनाएर फर्किने जनाइएको छ । १२ बजे पोखरा विमानस्थल आइपुग्ने समय भए पनि १० बजे नै उनका समर्थक त्यहाँ पुगिसकेका थिए ।


उनीहरुले पूर्वराजाको जयगानमात्र गरेनन्, संघीयता र गणतन्त्र खारेज गर्न मागसमेत गरे । पोखरा एअरपोर्टबाट गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालय करिब डेढ किमीमा पर्छ । गण्डकी प्रदेशको मुकाममै आएर संघीयता खारेजी र गणतन्त्र खारेजीको नारा लाग्दा पनि सरकारले कुनै हस्तक्षेप गरेको छैन ।


आफ्नो २ हप्ते पोखरा बसाईमा शाहले समर्थकहरुसँग भेटघाटसँगै विन्ध्यवासिनी दर्शन गर्ने जनाइएको छ । उनी अहिले दोबिल्लाको एक होटलमा बसेका छन् ।


पूर्व राजा पोखरा आउँदा विगतमा रत्न मन्दिर दरबारमा बस्ने गर्थे । गणतन्त्र स्थापनापछि नेपाल ट्रष्ट अन्तर्गत रत्न मन्दिर आए पनि यो सर्वसाधारणका लागि अझै खुला भएको छैन ।