मुख्य समाचार

देशभर १२ हजार चर्च

गृह मन्त्रालय स्रोतका अनुसार काठमाडौं उपत्यकामा मात्रै करिब साढे चार हजार चर्च छन् । यो संख्या २०७० सालमा मन्त्रालयले अनौपचारिक रूपमा लिएको हो । देशभर करिब १२ हजार चर्च भएको अनुमान गरिएको छ। नेपाल राष्ट्रिय क्रिश्चियन महासंघका अध्यक्ष सीबी गहतराजले नेपालमा करिब १२ हजार पाँच सय चर्च रहेको बताए । आजको नयाँ पत्रिकामा यो खबर छ । तर, त्यसको आधारिक तथ्यांक भने छैन । आधिकारिक तथ्यांक थोरै भए पनि करिब ३०… पुरा पढौ

उपल्लो मुस्ताङका ४ प्रहरी ईकाई मर्ज

उपल्लो मुस्ताङ संग जोडिएको उत्तरी कोरलानाका आसापासका प्रहरी ईकाईहरु शुक्रबार देखि जिल्ला कार्यालयमा मर्ज भएका छन् ।हिउदयामको अत्यधिक चिसो ,हावाहुरी,सिरेटो र हिउ पर्न थालेपछि उक्त स्थानका प्रहरी ईकाईहरुलाई अस्थायी मर्ज गर्नु परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मर्ज गरिएका प्रहरी ईकाईहरुमा छोसेर,छोनुप,सुर्खाङ र घमी प्रहरी चौकी छन् ।यसवर्ष चराङ प्रहरी चौकी भने मर्ज भएन ।लोघेकर दामोदरकुण्ड गाउपालिकाको चराङमा चालु आर्थिक वर्ष देखि संञ्चालित प्रभू बैंक शाखाको सुरक्षार्थ उक्त… पुरा पढौ

जोमसोम अस्पतालमा सहुलियत फार्मेसी

मुस्ताङको जोमसोम अस्पतालमा सहुलियतदरको फार्मेसी संञ्चालनमा आएको छ ।घरपझोङ गाउपालिका जोमसोमको पहलमा पहिलो पटक फार्मेसी संञ्चालनमा आएको हो । फार्मेसीले अब कम्पनी एमआरपी मूल्यमा औषधी बिक्रि बितरण गर्ने जनाएको छ । गाउपालिकाले फामेसी संञ्चालनार्थ चालु बजेट मार्फत कर्मचारी तलबभत्ता उपलब्ध गराईएको छ ।यसका लागि गाउपालिकाले ३ लाख ५० हजार बिनियोजन गरेको हो ।यस्तै, अस्पताल व्यवस्थापन समितिको अस्पताल सुदृढिकरण कार्यक्रमको २४ लाख बजेट मध्येबाट ४ लाख ९० हजार फार्मेसी खरिदका लागि… पुरा पढौ

संघीय संसद् अधिवेशन बोलाउन कांग्रेसको माग

प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले जति सक्दो चाँडो सङ्घीय संसद्को हिउँदे अधिवेशन बोलाउन माग गरेको छ । काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कानून निर्माणलगायत मुलुकका जल्दाबल्दा र जनसरोकारसँग सम्बन्धित विषयमा छलफल र बहस आवश्यक रहेकाले यथाशक्य छिटो संसद्को अधिवेशन बोलाउन आवश्यक रहेको बताए । संसद्को अधिवेशन बोलाउने सन्दर्भमा सरकारले प्रमुख प्रतिपक्षसँग हालसम्म कुनै परामर्श नगरेको र पुराना ३ सय भन्दा बढी कानुन संविधानसम्मत तुल्याउनुपर्ने, प्रदेश र स्थानीय तहसँग… पुरा पढौ

गैरसरकारी संस्था महासङ्घमा जीतराम

गैरसरकारी महासङ्घ नेपालको अध्यक्षमा जीतराम लामा निर्वाचित भएका छन् । काठमाडौँमा सम्पन्न २४ औँ साधारणसभा तथा नवौँ महाधिवेशनले लामाको नेतृत्वमा आगामी तीन वर्षका लागि ४७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । वरिष्ठ उपाध्यक्षमा धुव्र देव, उपाध्यक्षमा सुमित्रा शर्मा, महासचिवमा रामप्रसाद सुवेदी, उपमहासचिवमा अर्जुन भट्टराई र दिनेश चौधरी निर्वाचित भएको महासङ्घले जनाएको छ । त्यस्तै सचिवमा प्रत्येक प्रदेश हेर्ने गरी सातजना तथा कोषाध्यक्षमा विष्णु थकाली निर्वाचित भए । महिला, आदिवासी जनजाति,… पुरा पढौ

उपाध्यक्षसहित चारले दिए सामूहिक राजीनामा

राजनीतिक नियुक्ति भएका पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्षसहित चारजनाले सामूहिक राजीनामा दिएका छन् । नेपाली काँग्रेसको तर्फबाट क्षेत्रीय खेलकुद विकास समितिमा नियुक्त भएका उपाध्यक्ष तथा सदस्यहरुले पदावधि सकिन केही महिना बाँकी रहदाँ आफनो पदबाट राजीनामा दिएका हुन् । २०७२ सालमा कार्यसमितिको रुपमा चारैजना खेलकुद विकास समितिको सपथ लिएका थिए । नयाँ वर्षसँगै कार्यकाल समाप्त हुने छ । यद्यपी प्रादेशिक संरचना तर्फ उन्मुख हुदैं गएको अवस्थाले पनि राजीनामा दिन उपयुक्त… पुरा पढौ

चितुवाले बालक मार्‍यो

चितुवाको आक्रमणबाट तनहुँमा शनिबार राति एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ छन् । चितुवाको आक्रमणबाट घाइते भएका बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । खाना खाएर हात धुन घरको आँगनमा निस्केका गुरुङलाई चितुवाले आक्रमण गरेर लगेको थियो । छोरा घरभित्र नआएपछि बाबु माइला गुरुङले प्रहरीलाई खबर गरेका… पुरा पढौ

गण्डकीको समृद्धि पर्यटन र ऊर्जाबाट : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको विकास र समृद्धिमा पर्यटन र ऊर्जा क्षेत्र प्रमुख आधार भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा शनिबार म्याग्दी सदरमुकाम बेनीमा उनले यस्तो बताएका हुन् । नेकपाका प्रदेश इन्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले गरीबी निवारण, रोजगारीको सम्भावना सिजर्ना गर्दै आर्थिक समृद्धि हासिल गर्न पर्यटन क्षेत्र महत्वपूर्ण आधार भएको बताए । “मुलुकमै पर्यटनको राजधानी पोखरा हो, गण्डकी प्रदेशका हरेक जिल्लामा… पुरा पढौ

व्यापार युद्धबाट पछि हटे अमेरिका र चीन

संयुक्त राज्य अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबीच एकअर्का मुलुकका सामानमा तत्काल थप करवृद्धि नगर्ने सहमति भएको छ । विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र भएका यी दुई मुलुकबीच करवृद्धिका कारण उत्पन्न गतिरोधले पछिल्लो समय व्यापार युद्धको खतरा बढाएको थियो । २ राष्ट्रपतिबीच हाल एकअर्का मुलुकका सामानमाथि लागि आएका करमा कुनै परिवर्तन गर्ने वा नगर्ने भन्ने बारेमा सहमति भने हुन सकेन । दुई नेताबीच अढाई घण्टाभन्दा बढी चलेको… पुरा पढौ

गण्डकीका स्वास्थ्य निर्देशनालय प्रमुख घूसहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आगोगको टोलीले गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखरा प्रमुख डा तारानाथ पौडेललाई घूससहित पक्राउ गरेको छ । उनी स्वास्थ्य सेवा अन्तर्गत ११ औं तहमा कार्यरत थिए । डा. पौडेललाई १ लाख रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए । उनले जागिर लगाइदिन्छु भनी घूस लिएको अख्तियारले जनाएको छ । डा. पौडेल यसअघि स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकसमेत भएका थिए । महानिर्देशक हुनका लागि पनि… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं