
प्रहरी प्रधान कार्यालयले मुलुकभर समूदाय–प्रहरी साझेदारी अभियान लागु गरेपछि मुस्ताङ पनि यसको तैयारी अघि बढेको छ ।पछिल्लो समय मुलुकमा भईरहेको हत्या हिंसा र बलात्कार जस्ता जघन्य अपराधमा बृद्धि भएपछि प्रहरी प्रधान कार्यालयले यसप्रकारको अभियान थालेको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले यसअघिनै जिल्लाका ५ वटै स्थानीयतह संग समूदाय–प्रहरी अभियानमा सहकार्य भईसकेको छ ।प्रहरी प्रधान कार्यालयको समूदाय–प्रहरी साझेदारी निर्दैशिका अन्तर्गत प्रत्येक जिल्लाका महानगर ,उपमहानर,गाउपालिकाहरुका प्रत्येक अंगहरुमा साझेदारी यूनिट गठन हुने मुस्ताङका प्रहरी नायब उपरिक्षक महेन्द्र खड्काले जानकारी दिए ।उनका अनुसार मुस्ताङका ५ वटै स्थानीयतहमा प्रहरी सेवालाई मैत्री बनाउन ऐक्येबद्धता भईसकेका उल्लेख गरे ।उनले समूदाय प्रहरी अभियानलाई प्रभावकारी तुल्याउन जिल्ला मुकामको गाउपालिकामा जिल्ला स्तरिय यूनिट गठन हुने बताए ।
यस्तै,गाउपालिका ,वडा स्तरिय र टोल स्तरिय यूनिट गठन गरेर प्रहरी सेवालाई मैत्री बनाईने जनाए ।कार्यालयले यसअघिनै जनहित माबि जोमसोममा यूनिट गरिसकेको छ, भने सोमबार थासाङमा साझेदारी यूनिट गरेको हो ।यस्तै,वारागुङ मूक्तिक्षेत्र गाउपालिकामा समेत साझेदारी यूनिट गठन गर्ने प्रहरी नायब उपरिक्षक खड्काले बताए ।उनका अनुसार हिउदयामको मौसम चिसोका कारण उपल्लो मुस्ताङमा बस्ती बिहिन भएकाले गर्मियाम सुरु भएपछि यूनिट गठन गर्ने उनको भनाई छ ।
साझेदारी अभियान अन्तर्गत जिल्लाका ५६ वटै सामूदायिक बिद्यालयमा साझेदारी यूनिट गठन गर्ने कार्यक्रम रहेको छ ।स्थानीयतह,वडा,टोल र बिद्यालय स्तरिय साझेदारी यूनिटको कार्यसम्पानको सर्वेक्षण जिल्ला स्तरिय साझेदारी यूनिटले गर्नेछ ।साझेदारी अन्र्तगत मुलुकभरका ७ सय ५३ स्थानीयतह र त्यसका वडा र टोलहरुमा साझेदारी यूनिट गठन हुने साझेदारी निर्देशिकामा उल्लेख छ ।
यस्तै अधिराज्यभर ३६ हजार सामूदायिक बिद्यालयहरुमा यसप्रकारको यूनिट गठन हुन्छन् ।
साझेदारी अन्तर्गत जिल्ला स्तरिय यूनिट सिडियोको अध्यक्षतामा यूनिट गठन हुन्छ ।यस्तै देशभरका बिद्यालयमा पुगेर प्रहरीले संम्भावित घटना हुन नदिन बिभिन्न सचेतना मूलक प्रशिक्षण दिने जनाईएको छ ।यसका लागि प्रहरी प्रधान कार्यालयले बिद्यालयलाई लक्षित गरेर पुस्तिका समेत तयार गरेको हो ।
प्रहरी नायब उपरिक्षक महेन्द्र खड्काको अध्यक्षतामा मंगलबार जिल्ला प्रहरी कार्यालय हातामा जिल्ला स्तरिय साझेदारी यूनिटको मोडालिटी,अबधारणा र सदस्य चयनका बिषयमा प्रारम्भिक छलफल भएको हो ।छलफलमा महिला बिकास निरीक्षक सरिता थकाली,नागरिक समाजका अगुवा चन्द्रबहादुर थकाली,उद्योग बाणिज्य संघका प्रतिनिधि जयन्द्रलाल थकाली,पत्रकार महासंघ ,राजनितिक दलका प्रतिनिधि लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।