जिल्ला मुकामको भौतिक पूर्वाधार बिकासमा करोड

गण्डकी प्रदेश सरकार,भौतिक पूर्वाधार बिकास मन्त्रालयले प्रदेशका ११ वटै जिल्लाका गाउपालिका र नगरपालिका मुकामहरुको भौतिक पूर्वाधार बिकास तथा स्तरोन्नतिका लागि एक करोड बिनियोजन गरेको छ ।प्रदेश सरकार अन्तर्गत संञ्चालित कार्यक्रमको जिम्मा शहरी बिकास तथा भवन डिभिजन कार्यालयले लिएको हो ।

सघीय सरकारले यसअघि ३५ वटा डिभिजन कार्यालय स्थापना गरेकोमा प्रदेश सरकारले २५ वटा डिभिजन कार्यालय संञ्चालनमा ल्याएको हो ।साविकको मर्मत संम्भार तथा जनता आवास कार्यक्रम बाहेक सबै नयाँ कार्यक्रमहरु प्रदेश सरकारले गत असोजमा सार्वजनिक गरेको हो ।शहरी विकास मन्त्रालयद्धारा भएका गत वर्षका क्रमागत आयोजना साविक डिभिजन कार्यालयमा संञ्चालनमा छन् ।विगतमा भएका आयोजनाहरुको संम्पूर्ण कागजात संघीय आयोजना कार्यालय पोखरामा स्थापना भएको हो त्यस्तै यसको संम्पर्क कार्यालय बाग्लुङमा छ ।

पूर्वाधार बिकास मन्त्रालयको निति तथा कार्यक्रमबारे स्थानीय सरोकारवालालाई जानकारी गराउने उद्देश्यले शहरी बिकास तथा भवन कार्यालय बाग्लुङका सिनियर डिभिजन ईन्जिनीयर सचिन्द्रकुमार देवसहितको टोली मंगलवार मुस्ताङ आएको हो । टोलीले डिभिजन कार्यालय मातहत मार्फत हुने प्रदेश सरकारका कार्यक्रमबारे यहाका सांसद,जिल्ला समन्वय समिति ,स्थानीयतह र प्रशासनलाई जानकारी गराएको छ ।जिल्लाको मुकामको बस्ती बिकास,,बाटो घाटो,पुल पुलेसा आदी लगायतका पूर्वाधार बिकासमा प्रदेश सरकारले करोडको बिनियोजन गरेको हो ।यसका लागि सराकोवालाबीचको सहमतिपछि पूर्वाधार बिकासको बिस्तृत मोडालिटीको खाका जिल्ला समन्वय समितिले तय गर्ने सिनियर डिभिजन ईन्जिनीयर सचिन्द्रकुमार देवले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारले प्रत्येक गाउपालिका र नगरपालिका मुकामहरु संग जोड्ने बिभिन्न कार्ययोजना सार्वजनिक गरेको छ । प्रदेशले ३ प्रकारका नया खालका कार्यक्रम ल्याएको ईन्जिनीयर देवले जानकारी दिए ।उनका अनुसार म्याग्दी,बाग्लुङ र मुस्ताङमा कम्तीमा सय सिट क्षमताको १० वटा बहुउद्देश्य सभाहल निर्माण हुने बताए ।उनले मुस्ताङमा ३ वटा बहुउद्देश्य सभाहल बनाईने जानकारी दिए ।यसका लागि प्रत्येक सभाहलका लागि ३५ लाख बजेट बिनियोजन भएको जनाए ।सभाहल निर्माणका लागि प्रदेश सरकारको बजेटका साथै संम्वन्धित स्थानीयतहले ४० प्रतिशत लगानी गर्नुपर्ने ईन्जिनीयर देवको भनाई छ ।

यस्तै,प्रदेश सरकारले गाउपालिका र नगरपालिका मुकामलाई व्यवस्थित तुल्याउन सार्वजनिक शौचालय र मनोरञ्जन पार्कका लागि ३ लाख बजेट बिनियोजन गरेको हो । संम्वन्धि निकायको ४० प्रतिशत प्रत्यक्ष लगानी वा जनश्रमदान रहने गरी प्रदेशले रकम बिनियोज गरेको ईन्जिनीयर देवले उल्लेख गरे ।उनले शहरी बिकास तथा भवन कार्यालयले संम्पूर्ण पूर्वाधार बिकासको जिम्मा लिने बताए ।‘कार्ययोजना स्थानीय स्तरबाट हुन्छ ,लागत र प्राविधिक निरीक्षण शहरी बिकासले गर्छ ।’उनले भने ।उनका अनुसार योजना टेन्डर र जनश्रमदान संम्वन्धित स्थानीयतहले गर्नुपर्ने जनाए ।
जनता आवासका लागि ५० घरधुरी
जनता आवास कार्यक्रम अन्तर्गत मुस्ताङमा ५० घरधुरी छनौट हुने भएका छन् ।यसअघि संघीय सरकारले ल्याएको कार्यक्रम अन्तर्गत यो कार्यक्रम अघि बढेको हो ।संघीय सरकारको यसप्रकारको कार्यक्रमबारे गण्डकी प्रदेश सरकारले नियमावली हेरफेर र परिमार्जन गर्ने तयारमा रहेको ईन्जिनीयर देवले जानकारी दिए ।संघीय सरकारको साविककै निर्णय अनुसार ५० घरलाई छनौट गरिन लागिएको उनले बताए ।

उनका अनुसार यसअघि नै १८ घरधुरीको जनता आवास कार्यक्रममा छनौट भईसकेको र बाँकी ३२ घरधुरीको छिट्टै छनौट गरिने ईन्जिनीयर देवको भनाई छ ।जनता आवासका लागि सरोकावालबीचको छलफलमा पहिचान गरेर जिल्लामै खाता खोली पहिलो किस्ता उपलब्ध गराईने जानकारी दिए ।‘अघिका १८ घरधुरीलाई पहिलो किस्ता उपलब्ध गरायौं ,नयालाई पनि जिल्लामै स्थानीयको घरदैलोमा किस्ता उपलब्ध गराउदछौ ,कामको प्रगतिका आधारमा किस्ता उपलब्ध हुन्छ ।’ ईन्जिनीयर देवले भने ।