थासाङ २ सौरुको थङ्कु लेकमा पासो थाप्ने ६० वर्षिय मगर पक्राउ


मुस्ताङको थासाङ गाउपालिका वडा नम्बर २ सौरु माथिको उच्चलेकमा संरक्षित बन्यजन्तु आदीको पासो थाप्ने एक जना बृद्ध व्यक्ति पक्राउ परेका छन् । अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप जोमसोम,संरक्षणक्षेत्र व्यवस्थापन समिति कोवाङ र जिल्ला प्रहरी कार्यालय मुस्ताङको संयूक्त गस्ती टोलीले मंगलबार मध्यान्ह् २ बजे  सौरु माथिको उच्चलेकमा संयूक्त गस्ती गरेको हो ।


रोल्पा जिल्ला साविकको उवा गाबिस घरभई दाङको घोराही उपमहानगर पालिका १३ बस्ने वर्ष ६० का मोहनलाल मगरलाई अनुसन्धानका लागि पक्राउ गरिएको छ ।बन्यजन्तुको चोरी शिकारी भईरहेको भन्ने जानकारी प्राप्त गरेपछि एक्याप जोमसोमले गस्ती अप्रेशन चलाएको थियो ।गस्तीमा जुटेका एक्याप र प्रहरीको संयूक्त टोलीले पक्राउ परेका मगरहित बन्यजन्तुको शिकार गर्न प्रयोग गरिएका बिभिन्न सामाग्रीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक महेन्द्र खड्काले जानकारी दिए ।

प्रहरी नायब उपरिक्षक खड्काका अनुसार संयूक्त टोलीले बन्यजन्तुको आलो पकाएको मासु १ केजी,सुकुटी आधा केजी,फलामको ६९ वटा पिस भएको साङ्लो रिङ,सादा मोवाईल ,टर्च लाईट ,खोलसहितको खुकुरी १,प्लाष्टिकको डोरी  र टेलिफोन डायरी  बरामत गरेको हो ।उनले पक्राउ परेका मगरलाई आवश्यक कारबाहीका लागि एक्यापलाई हस्तान्तर गरिने जानकारी दिए ।

चोरी शिकारीमा बरामत भएका सामाग्रीहरुको तस्विर


एक्याप जोमसोमकी बनरेन्जर धनु गरुङसहितकोले,संरक्षणक्षेत्र व्यवस्थापन समिति कोवाङ र बन व्यवस्थापन उपसमिति कोवाङको संयूक्त टोलीले मगरलाई शिकार गर्ने सामाग्री सहित पक्राउ गरेको बताईन् ।उनका अनुसार एक साताअघि पनि उक्त लेकमा संरक्षण व्यवस्थापन समितिले बन्यजन्तुको शिकार गर्न प्रयोग गरिने सामाग्रीहरुल एक्पाप जोमसोमलाई बुझाएको थियो ।लेंकमा चोरी शिकारी हुने गरेको संरक्षण व्यवस्थापन समेतको रिपोर्टपछि एक्याप जोमसोमले गस्ती अप्रेशन चलाएको उनको भनाई छ ।उनले पक्राउ परेका ६० वर्षिय मगर कस्तुरीको शिकार गर्न गएको दाबी गरिन् ।‘कस्तुरी र हिमचितुवा संरक्षित सम्पदा हुन् ,घोरल मिक्स बन्यजन्तु संम्पदामा पर्छ,’बन रेञ्जर धनुले भनीन्,‘प्रहरीको प्रतिबेदनपछि एक्यापको प्रधान कार्यालय पोखरामा पठाउछौ,मुद्धा कार्यालयका मूद्धा फाँट हेर्ने टोलीले अनुसन्धान गर्छन् ।’


एक्यापले बन्यजन्तु कस्तुरीको शिकार गरेको दावी गरेपनि पक्राउ परेका मगरले घोरलको शिकार गरेको प्रहरीको बयानमा उल्लेख गरेका छन् ।पक्राउ परेका मगर ६ वर्षअघि मुस्ताङमा कपडा व्यापार गर्न आएको बयानमा उल्लेख छ ।पक्राउ परेका मगर मुस्ताङमा कुनै काम गर्ने प्रयोजनमा आएका होईनन् ।दाङ देखि यति लामोदुरीबाट मुस्ताङमा शिकार खेल्न आउनुको थप रहस्यमय हुन सक्ने र उनी संग अन्य सहयोगी समेत हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

मुलुकी संहिता ऐन २०७४ अनुसार राष्ट्रिय निकुञ्ज तथा प्राकृतिक आरक्ष वा वन्यजन्तु आरक्षभित्र अनुमति नलिई वन्यजन्तुको शिकारगरी मार्ने वा घाईते बनाएमा १ हजार देखि १० हजार जरिवाना वा ६ महिना देखि २ वर्ष सम्म कैंद हुने उल्लेख छ ।