निर्मला पन्तको पोष्टर टाँस्नेमाथि लाठीचार्ज

दाङको घोराहीमा निर्मला पन्तको पोस्टर टाँस्ने अभियन्ताहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।
पोस्टर टाँस्ने समिर ओली लगायत पाँच जनालाई पक्राउ पनि गरेको छ । बुधबार दिउँसो पोस्टर टाँसिरहेको समूहमाथि प्रहरीले लाठीचार्ज गरेको हो । मंगलबार पनि पोस्टर टाँस्न प्रहरीले अवरोध गरेको थियो ।