कागबेनी पक्की पुल अलपत्र

राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत वारागुङ मुक्तिक्षेत्र गाउपालिका कागबेनी खोलामा निर्माणाधिन पक्की मोटरेबल पुलको काम बिगत एक वर्षदेखि अलपत्र छ ।निर्माण कम्पनीको हेलचक्र््याई र ढिलासुस्तीले पुल अलपत्र परेको हो ।यता,कोरला सडक आयोजनाले चालु वर्षभित्र पुलको काम संम्पन्न गर्ने बातावरण नबने कम्पनीलाईनै कालोसुचिमा सार्वजनिक गर्ने जनाएको छ ।


बेनी–जेमसोम–कोरला सडक आयोजनालाई २०७४ साल बैशाख महिनामा पुल हस्तान्तरण भएको हो ।यसअघि पुलको जिम्मा डिभिजन सडक कार्यालय बाग्लुङले लिएको हो ।डिभिजन सडकले २०७३ असार ३० गतेमा १८ महिनाको अवधिमा संम्पन्न गर्ने लक्ष्यसहित गाल्वा एण्ड रफिना जोईन भेन्जर जेभीलाई कामको ठेक्का लगाएको हो ।दुईलेनमा निर्माण हुने कागबेनी पक्की पुलको लम्बाई २५ मिटर र चौडाई ११ मिटरको हो ।डिभिजन सडकले २ करोड ८८ लाख ५१ हजारमा निर्माण कम्मनीलाई जिम्मा लगाएको हो ।


डिभिजन सडक कार्यालय बाग्लुङले १० महिनापछि कालिगण्डकी करिडोरलाई हस्तान्तर गरेको हो । करिडोरले पुलको जिम्मा लिएपनि निर्माण कम्पनीले काममा चरम ढिलासुस्ती देखाएको हो ।निर्माण कम्पनीले सम्झौता गरेको अवधि १० महिना बितिसक्दा समेत पुलको काममा २५ प्रतिशत मात्र कामको प्रगति देखाएका छन्् ।करिडोर सडकलाई पुल हस्तान्तरण गरिदा कागबेनी खोलामा पुलको काम सुरु भएको थिएन ।करिडोरले पुलको जिम्मा लिएपछि निर्माण कम्पनीलाई शिघ्र काम सुरुवात गर्न ताकेता ग¥यो ।

तर, निर्माण कम्पनीले १ महिना ढिलोगरी वर्षायामको ज्येष्ठ महिनामा मात्र पुलको काम सुरु ग¥यो । ढिलो गरी सुरुभएको पुलको काममा उत्तर–दक्षिणतर्फ तल पट््टीको ¥याफ फाउन्डेसन ढलान बनायो ।ढलान भएपनि वर्षायाममा सुरुगरिएकाले उत्तरतर्फका ¥याफ फाउन्डेसन बाढीले बगायो ,पुरीदियो ।त्यसपछि कागबेनीमा निर्माणाधिन पुलको कुनै काम अघि बढ््न सकेन ।


निर्माण कम्पनी जोईन भेन्जरका गाल्वाका प्रबन्ध निर्देशक नरहरी थपलियाले कामको ढिलाईबारे आफु अनबिज्ञ रहेको बताएका छन्् । रफिना जेभीले गाल्वा जेभी संग जोईन भेन्जरका रुपमा जोडेर कागबेनी पुलको काम सुरु गरेको थपलियाले बताए।उनले रफिना जेभी भन्दा गाल्भा जेभी ठुलो भएकाले आफ््नो कम्पनीको नाम जोड््न पुगेको जनाए ।‘रफिनाका रविन जोशी हाल अष्ट्रेलिया छन्् ,पुलको कामबारे संम्पर्क गर्ने प्रयास भईरहेको छ,‘गाल्वाका थपलियाले भने,‘करिडोरका डिजीले मलाई ताकेता गरिहेका छन््,फर्मको ईज्यत जोगाउनका लागि पनि काम सुरु गर्नेछु ।’

उनले हिउदयामको मौसम भएकाले फागुनमा पुन काम सुरु गर्ने प्रतिबद्धता जनाए ।
बेनी –जोमसोम–कोरला सडक आयोजनाले कागबेनी पुल ढिलासुस्ती भएपछि पटक–पटक पत्रपत्रिकाम सूचना प्रकाशित गरेर निर्माण कम्पनीलाई ध्यान आर्कषण गराएको हो ।यता,बेनी–जोमसोम–कोरला सडकका आयोजना प्रमूख नरेन्द्र सुबेदीले चालु आर्थिक वर्षभित्र पुलको काम संम्पन्न गर्ने प्रत्याभूति नभए निर्माण कम्पनीलाई कालोसुचिमा राख्ने तैयारी भईरहेको जानकारी दिए ।उनले करिडोरले धरै ठुला पुलका कामहरु सन्तोषजनक रुपमा अघि बढाईरहेको र कागबेनी पुलको काममा मात्र निराशाजन प्रगति भएको उल्लेख गरे ।

उनले पुलको काममा निर्माण कम्पनीले हेलचक्र््याई गरेको आरोप लगाए ।‘आयोजनाले काम सुरु गर्न बैंक मार्फत पेश्की उपलब्ध गराउछ ,काममा सन्तोष गर्ने ठाउ देखिएन ,‘आयोजना प्रमूख सुवेदीले भने,‘कम्पनीका सुविधाहरु हटाएका छौ,फागुनमा काम सुरु नभए एक्सन अघि बढ््छ ।’आयोजना प्रमूख सुबेदीले सानो आयोजना भएकाले द्रत गतिमा काम भए ३ महिनामै पुलको काम संम्पन्न हुने दाबी गरे ।

हिमाली जिल्ला भएकाले मौसमलाई मध्यनजर गरेर काम अगाडी बढाउनु पर्ने सुबेदीको भनाई छ ।उनले कागबेनी पुल बेमौसममा सुरु गरेकाले क्षति व्यहोर्नु परेको सुझाए ।
आयोजना प्रमूख सुबेदीले कागबेनीमा निर्माणाधिन पुलको उत्तरतर्फको ¥याफ फाउन्डेसन ढलानको क्षति ठेकेदारकै हेलचक्र््याईले भएको उल्लेख गरे ।पुलको उत्तरतर्फको ¥याफ ढलानसहित पिल्लर उठाउने,बिम हाल्ने र स्ल्याप ढलानका कामहरु बाँकी रहेको जानकारी दिए ।