नेपाली काँग्रेस कास्कीको सोमबार बैठक बसेको छ । बैठकले कास्कीका ७२ वटै इकाइमा साधारण सदस्यता वितरण तथा पार्टी सुदृढिकरण अभियान संचालन गर्ने निर्णय गरेको छ ।
सो अभियान सञ्चालनका लागि पार्टी पदाधिकारी र क्षेत्रीय सभापतिको संयुक्त बैठकले अनुगमन टोली गठन गर्ने छ ।
टोलीले पार्टीको साधारण तथा क्रियाशील सदस्यता वितरण गर्ने, पार्टीका हालसम्मका गतिविधि, पार्टीले निर्वाह गरेको भूमिका, भातृ तथा शुभेच्छुक संस्थाका गतिविधि बारे जानकारी लिनेछ । यस्तै, टोलीले अन्य राजनीतिक पार्टीले गरिरहेका गतिविधि बारे पनि समीक्षा गरी जेष्ठ मसान्तसम्म पार्टीमा प्रतिवेदन बुझाउने छ ।
बैठकले आद्य जगद्गुरु रामानन्दाचार्य पद विभुषित महायोगी सिद्वबाबा श्री १००८ डा. श्रीवैष्णव कृष्णदास महाराजलाई चैत्र ९ गते पोखरामा नागरिक अभिनन्दन गर्न लागिएकोमा त्यसको स्वागत गरेको छ । बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको सभापतित्वमा भएको थियो ।




