फागुपूर्णिमाको अवसरमा कास्कीको घान्द्रुकमा बुधबार दोस्रो घोडा दौड प्रतियोगिता भएको छ ।
घान्द्रुक घोडा खच्चड व्यवस्थापन तथा कल्याणकारी समितिले प्रतियोगिता गरेको हो । मत्क्युँदेखि खोलोब्रोंसम्म ५.२ किलोमिटर घोडा दौडमा २३ जना प्रतियोगी थिए ।
प्रतियोगितामा घान्द्रुकका विश्व गुरुङ पहिलो भए । उनले निर्धारित दूरी १३ मिनेट १० सेकेन्डमा पूरा गरे ।

उनीभन्दा १ सेकेन्डले मात्रै पछि परेका दीपेन्द्र विक दोस्रो भए । रामकाजी गुरुङ उक्त दूरी १४ मिनेट २३ सेकेन्डमा पार गरेर तेस्रो हुन सफल भए ।
उनीहरूले पुरस्कार स्वरुप क्रमशः ५० हजार, ३० हजार र १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा बिजेन गुरुङ, इमान गुरुङ, भुमे पुन, जगनकाजी गुरुङ, अञ्चल गुरुङ, नजरमान गुरुङ र राजकुमार गुरुङ उत्कृष्ट १० मा पर्न सफल भए ।
उनीहरूले पुरस्कारबापत् १÷१ हजार रुपैयाँ प्राप्त गरे ।






