सभापति पद फालेको जुत्ता

कांग्रेस महामन्त्री कोइरालाले सभापति पदलाई फालेको जुत्तासँग तुलना गरेका छन् । उलने कसैलाई आरोप लगाउने पक्षमा आफू नभएको उल्लेख गर्दै भने, ‘मेरो काम गाली गर्ने होइन। मिलाउने हो।’

आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारमा उनलाई देख्न चाहेको बताए पनि उनले सभापतिको उम्मेदवार बन्ने जा नबन्ने खुलाउन उनले चाहेनन्। उनले भने, ‘सभापति पद फालेको जुत्ता हो।’

केन्द्रीय सदस्य अमरेशकुमार सिंहले गत निर्वाचनका बेला पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले टिकट वितरणबाट प्राप्त भएको पैसा आधा आधा बाँडेको आरोप लगाए । राजधानीमा नेपाली कांग्रेसको सर्लाही-काठमाडौं सम्पर्क समितिले गरेको कार्यक्रममा बोल्दै सिंहले प्रदेश २ मा टिकट वितरणमा पूरै आर्थिक चलखेल गरेको जिकिर गरे । उनले भने, ‘महामन्त्री बोल्नुहुन्न। नबोल्नु अझ ठुलो गल्ती हो।’