क्षेत्री महिला समाज नेपालमा उर्मिला खड्का निर्वाचित

क्षेत्री महिला समाज नेपालको केन्द्रीय अध्यक्षमा उर्मिला खड्का निर्वाचित भएकी छन् । महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा लक्ष्मीदेवी जिसी, प्रथम उपाध्यक्ष धनीकला कुँवर, द्धितीय उपाध्यक्षमा भगवती देउजा र तृतीय उपाध्यक्षमा कृष्णमाया खत्री निर्वाचित भएकी छन् ।

यसैगरी केन्द्रीय महासचिवमा विमला भण्डारी, कोषाध्यक्षमा सृजना थापा, सह–सचिवमा राजकुमारी थापा निर्वाचित भएकी छन् ।

यसैगरी केन्द्रीय कार्यसमिति सदस्यमा ईन्द्रमाया बाँनिया, कमला कार्की, दुर्गादेवी बस्नेत, गंगा केसी, गीता महत, अम्बिका खड्का दिलमाया बिष्ट, सरस्वती जिसी इन्द्रेणी अधिकारी, लक्ष्मी क्षेत्री, सपनादेवी धिताल, गीता क्षेत्री, ईन्दिरा खत्री, ईन्दिरा कार्की, लक्ष्मी बस्नेत, पुतली कुँवर, सनिता कार्की, मीठू कार्की छन् ।

नवनिर्वाचित अध्यक्ष उर्मिला खड्काले समाजको अस्तित्व कायम गर्नका लागि देशभरका क्षेत्रीहरू एकतावद्ध हुनुपर्ने खाँचो औंल्याइन् । उनले लामो समयदेखि समाजमा रहेर कार्य गर्दै आएको अनुभवले आफूमा अझै उर्जा थपिएको भन्दै अग्रजबाट उपयुक्त सहयोग हुनेमा विश्वास व्यक्त गरिन् ।