पोखरा र आसपासमा बसोबास गर्दै आइरहेका विश्वकर्माहरूको बृहत भेलाले विश्वकर्मा कल्याण गुठी कास्की गठन गरेको छ । भेलाले मनबहादुर लामगादेको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा भीम बहादुर सेन्चुरी र भुवन लोहनी, महासचिवमा दिपक घिमिरे, सचिवमा राजकुमार घिमिरे, सहसचिवमा विष्णुदेवी गौतम, कोषाध्यक्षमा रामबहादुर बराइली, सहकोषाध्यक्षमा रुपलाल सुनार छन् ।
यसैगरी सदस्यमा राजेन्द्र गदाल, राजेन्द्र सुनार, रचना सुनार, दिपक गहतराज, सुरेन्द्र सुनार, श्याम खाती, गीता सुनार, सम्झना सुनार, लोकेश सेन्चुरी, राजेश खड्का, काशिराम सेन्चुरी, गोविन्द सुनार, चन्द्रबहादुर विश्वकर्मा छन् ।
भेलाले रुद्रबहादुर सुनार, महलाल घिमिरे, नैनालाल सदाशंकरलाई संरक्षक चयन गर्नुका साथै २१ सदस्यीय सल्लाहाकार समिति समेत चयन गरेको छ । सो भेलामा रुद्रबहादुर सुनार, महलाल घिमिरे, नैनालाल सदाशंकर भूवन लोहनी, बिष्णु घिमिरे, किशान घिमिरे, भिमबहादुर क्षितिज, रामबहादुर बराइली, दिपक घिमिरे लगायतले बोलेका थिए ।
नवगठित समितिले १० लाखको अक्षयकोष स्थापना गर्ने, सुविधा सम्पन्न बहुउद्देश्यीय भवन निर्माण गर्ने, सम्पूर्ण विश्वकर्मा समुदायको हकहित संरक्षण सहित सशक्तिकरणका विभिन्न कार्यक्रम संचालन निर्णय गरेको छ ।






