सहायक सिडियोको गाडी सत्तारुढ विद्यार्थीको नियन्त्रणमा

अखिल क्रान्तिकारीका कार्यकर्ताले कास्कीका सहायक सिडियो चढेको गाडी नियन्त्रणमा लिएका छन्। शनिबार सहायक सिडिओ चित्रांगन बराल चढेको गाडी मादी गाउँपालिका ५ सुनपधेँरीबाट क्रान्तिकारीले नियन्त्रणमा लिएको हो।

गाडीमा बरालकी हजुरआमा र अर्की एक महिला सवार रहेको बताइएको छ । सार्वजनिक बिदाक दिन सरकारी गाडी दुरुपयोग गरेका कारण नियन्त्रणका लिएको क्रान्तिकारीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश संयोजक क्षितिज सापकोटाले बताए । सापकोटाले यसरी दुरुपयोग गर्ने जोसुकै भए पनि नियन्त्रण लिइने बताए ।