जस्तोसुकै कठिन यात्रा गर्न तयार : विप्लव

नेक्रवित्रम चन्द नेतृत्वको नेकपाले सरकारबाट दमन भए सशक्त प्रतिरोध गर्ने जनाएको छ । पार्टी महासचिव चन्दले बुधबार बेलुकी विज्ञप्ति जारी गर्दै आफ्नो दललाई राजनीतिक मान्यता नदिने र आपराधिक घोषणा गरी गतिविधिमा प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई ‘हास्यास्पद’ भनेका छन् ।

‘हामी आफ्नो आदर्शका लागि जस्तोसुकै कठिन यात्रा गर्न तयार छौं,’ उनको विज्ञप्तिमा भनिएको छ, ‘दमन गरे मुखतोड प्रतिरोध गर्न हामी तयार छौं ।’

‘दलाल’ हरूले तुच्छ स्वार्थका लागि राज्यका अंगहरूलाई जनताविरुद्ध जथाभावी प्रयोग गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् । चन्दले अरुण–३, वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गरुङको घर र एनसेललगायतमा भएको विस्फोटको जिम्मा लिएका छन् । चन्दा उठाइरहने उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।