कक्षा ८ को परीक्षा स्थगित

सोमबारबाट शुरु भएको पोखरा महानगर स्तरीय कक्षा ८ को पेशा व्यवसाय र प्रविधि विषयको परीक्षा स्थगित भएको छ ।

फागुन ३० गते निर्धारित सो विषयको परीक्षा चैत ७ गते बिहीबार बिहान १०ः३० सम्मका लागि सारिएको हो ।

महानगरस्तरीय परिक्षा समितिले १ सूचना जारी गरी यसबारे जानकारी दिएको हो । विशेष कारणवश परीक्षा सारिएको उक्त सूचनामा उल्लेख छ ।

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको नेपाल बन्दका कारण परीक्षा सरेको बुझिएको छ ।

‘पूर्वघोषित नेपाल बन्दका कारणले परीक्षा सार्ने निर्णय भएको हो’, शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले भने ।

महानगर अन्तर्गतका विभिन्न विद्यालयको चासो र सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको आचार्यले जानकारी दिए ।