मुख्य समाचार

लायन्समा चुनावी रौनक : २ वर्षपछिको गभर्नर को ?

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालको सातौं महाधिवेशन पोखरामा हुँदैछ । आगामी २०७६ वैशाख १३ र १४ गते हुने महाधिवेशनले नयाँ गभर्नरसहित प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर र सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर चयन गर्नेछ । विशेश्वर आचार्य महाधिवेशन हुन अझै ४५ दिन बाँकी छ तर पोखरामा महाधिवेशनको रौनक बढिसकेको छ । महाधिवेशन मा विशेषगरी सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नरको विशेष चर्चा छ । यस महाधिवेशनबाट सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर हुने व्यक्ति… पुरा पढौ

अर्मलाकोटमा होमस्टे शुरुआत

पोखरा महानगरपालिका वडा नं १६ स्थित अर्मलाकोटमा होमस्टे शुरुआत गरिएको छ । होमस्टे शुरुआत गर्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले गण्डकी प्रदेशमा विकासको जागरण आएको बताए । गण्डकी प्रदेश होमस्टे संचालन भइरहेको गाउँको स्वर्ग भएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले भने, ‘होमस्टे गरिबी निवारण र स्वरोजगार बढाउन सहयोग पुर्याएको छ ।’ आफ्नो थाक थलोमामा बसेर स्वरोजगार बन्दा गाउँनै गुल्जार मात्र बनेको छैन गाउँ छोडेर विदेश गएकाहरुलाई अहिले गाउँ सम्झेर बाडुल्की… पुरा पढौ

प्रचण्डको संकेत : रवीन्द्रको ठाउँ धर्मपत्नी विद्यालाई नै दिने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्की २ मा स्व.रवीन्द्र अधिकारीकै धर्मपत्नीलाई उम्मेदवार बनाउने संकेत गरेका छन् । पार्टीमा औपचारिक छलफल नभएको भन्दै अध्यक्ष प्रचण्डले सबैसँगको सल्लाह र समन्वयमा उपयुक्त निर्णले लिने बताए । ‘निर्वाचन बारे पार्टीमा औपचारिक छलफल चलेको छैन । मिडियामा वामदेव गौतमजीको सन्दर्भ पनि आयो । उहाँले क्लियर गरिसक्नुुभएको छ । पार्टीमा चर्चा चलेको होईन’, प्रचण्डले भने ।’ प्रचण्डले रवीन्द्रका परिवार पनि राजनीतिक भएकोले परिवार… पुरा पढौ

भूमि अधिकारको समस्या समाधान हुन्छ : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमि अधिकारको समस्या वर्तमान सरकारले समाधान गर्ने बताएका छन् । राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको पाचौँ राष्ट्रिय सम्मेलनको पोखरामा उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले जतिसुकै चुनौती भए पनि भूउपयोग नीति अघि बढ्ने र भूमिसम्बन्धी समस्या समाधान हुने बताए । वर्षांैदेखि जमीनमा रगत र पसिना बगाएका किसानलाई जमीनको मालिक बनाउनुपर्ने उनको भनाइ थियो । उनीहरूलाई अविलम्ब लालपुर्जा उपलब्ध गराउनुपर्नेमा अध्य प्रचण्डले जोड दिए ।… पुरा पढौ

रवीन्द्र अधिकारीको सम्झना

अनेरास्ववियू कास्कीले दिवंगत अनेरास्ववियू पूर्व केन्द्रीय अध्यक्ष तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारी र पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गर्यो । पृथ्वीनारायण क्याम्पसस्थित भानु पार्कमा आयोजना गरिएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सचिव गोविन्द नेपालीले रवीन्द्र अधिकारीले शुरुआत गरेका कामलाई सम्पन्न गर्दै समृद्ध नेपालको अभियानमा अघि बढ्नु पर्ने धारणा राखे । उनले भरतमोहन अधिकारीलाई सफल अर्थमन्त्रीको रुपमा गरेका कामको स्मरण गर्दै कम्युनिष्ट पार्टीप्रति जनताको विश्वास र भरोसा… पुरा पढौ

गण्डकी प्रदेशसभाबाट ताल संरक्षणसम्बन्धी विधेयक पारित

गण्डकी प्रदेशसभाको सोमबार बसेको बैठकले ‘ताल संरक्षण तथा विकास प्राधिकरणसम्बन्धी विधेयक’ पारित गरेको छ । प्रदेशसभाको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले ‘ताल संरक्षण तथा विकास प्राधिकरणसम्बन्धी विधेयक’ पारित गरियोस भन्दै गरेको विधायन समितिको प्रस्तावसहितको प्रतिवेदन सभाले सर्वसम्मत पारित गरेको हो । यसअघि विधेयकमाथिको छलफलमा सहभागी हुँदैै प्रदेशसभा सदस्यहरूले गण्डकी प्रदेश तालहरूले सम्पन्न भएको चर्चा गर्दै प्रदेशको समृद्धिसँग जोडिएका ताल संरक्षणका लागि प्रस्तुत विधेयक उपयोगी बन्ने विश्वास व्यक्त… पुरा पढौ

विकासको युग शुरु भयो : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अब विकासको युग शुरुआत भएको बताएका छन् । कास्कीको रुपा गाउँपालिकाले स्थानीय तह स्थापना दिवसका अवसरमा आयोजना गरेको ‘गण्डकी प्रदेशस्तरीय प्रथम अध्यक्ष कप खुला भलिबल प्रतियोगिता’ को समापन समारोहमा उनले देशका तीनै तहका सरकार विकास र समृद्धिमा एकजुट भएर लागेकाले विकासको युग शुरु भएको बताए । अहिलेका तीनै तहका सरकार जनताको आवश्यकताअनुसार कानून, बजेट तथा आवश्यक नीति निर्माणमा स्वायत्त भएको भन्दै मुख्यमन्त्री गुरुङले भने, ‘विगतमा… पुरा पढौ

विभाजनको संघारमा विप्लवको नेकपा !

सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मुख्य सुरक्षा चुनौतीका रुपमा लिएको छ । दुई तिहाईको कम्युनिष्ट सरकार गठन भएको एक वर्षे अवधिमा विप्लवका कार्यकर्ताहरूले दर्जन बढी बम विष्फोटलगायत हिंसाका घटनाहरू गराएर आतंक सिर्जना गरेका छन् । पछिल्लो एक महिना यता प्रहरीले विप्लवका सयौँ कार्यकर्ताहरूलाई हतियारसहित पक्राउ गरिसकेको छ । शान्ति प्रक्रियाका लागि वार्तामा आउन सरकारले गरेको आह्वानलाई महत्व नदिएपछि सरकारले प्रशासनिक कारबाहीमार्फत तह लगाउन संकेत देखाएको… पुरा पढौ

नव सिद्धार्थ महिला सहकारीको दन्त शिविरमा ३ सय ५१ जनाको दाँत परीक्षण

पोखराको सिद्धार्थचोक, बगालेटोलस्थित नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारीले निःशुल्क दन्त शिविर आयोजना गर्यो । नारी दिवसको अवसरमा आयोजित २ दिने शिविरमा ३ सय ५१ जनाले दाँत परीक्षण गराए । शिविर ग्रिन लाइफ डेन्टर केयर सेन्टरको सहयोगमा भएको हो । उक्त अवसरमा दन्त विशेषज्ञ डा. सञ्जिता माकाजू पालिखेले स्वस्थ दाँतका लागि वर्षमा २ पटक दाँत परीक्षण गर्नुपर्ने सुझाव दिइन् । उनले स्वस्थ हाँसोलाई कायम राख्नका लागि पनि दाँतको महत्वपूर्ण… पुरा पढौ

अन्नपूर्ण आधार शिविरलाई पुरानै अवस्थामा फर्काउने तयारी

अन्नपूर्ण आधार शिविर (एबिसी) लाई यही फागुन १३ गते आएको हिमआँधीले ठूलो क्षति पुर्याए पनि पर्यटकको सुविधालाई दृष्टिगत गर्दै यहाँका व्यवसायी यस स्थललाई पुरानै अवस्थामा फर्काउने तयारीमा जुटेका छन् । अकल्पनीयरूपमा आधार शिविर क्षेत्रमा आएको हिमआँधीका कारण यहाँस्थित होटलका छाना नै उडाएको र हिउँ जमिरहेका कारण होटलभित्रको क्षतिबारे अझै यकिन हुन नसकेको स्थानीयवासी बताउँछन् । हिमआँधीका बखत उक्त स्थानमा कुनै मानिस नरहेका कारण कुनै मानवीय क्षति भने नभएको अन्नपूर्ण सेन्चुरी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं