अर्मलाकोटमा होमस्टे शुरुआत

- गण्डकी प्रदेशमा विकासको जागरण : मुख्यमन्त्री गुरुङ


पोखरा महानगरपालिका वडा नं १६ स्थित अर्मलाकोटमा होमस्टे शुरुआत गरिएको छ । होमस्टे शुरुआत गर्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले गण्डकी प्रदेशमा विकासको जागरण आएको बताए ।

गण्डकी प्रदेश होमस्टे संचालन भइरहेको गाउँको स्वर्ग भएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले भने, ‘होमस्टे गरिबी निवारण र स्वरोजगार बढाउन सहयोग पुर्याएको छ ।’ आफ्नो थाक थलोमामा बसेर स्वरोजगार बन्दा गाउँनै गुल्जार मात्र बनेको छैन गाउँ छोडेर विदेश गएकाहरुलाई अहिले गाउँ सम्झेर बाडुल्की लाग्न थालेको उल्लेख गरे । उनले भने, ‘प्रकृतिले दिएको बरदानलाई समृद्धितर्फ अघि बढाउन र संस्कृतिको जर्गेना गर्दै अघि बढ्नुपर्छ ।’

प्रदेश सरकारमा अहिले न्यूनतम् ३ सय होमस्टे संचालन गर्ने लक्ष्य लिए पनि अहिले २ सय ३८ होमस्टेका लागि निवेदन परेको मुख्यमन्त्री गुरुङले बताए । प्रदेश सरकारले हाल छनौटमा परेका होमस्टेका लागि १० लाखका दरले बजेट विनियोजित गरिएको उनले बताए ।

अहिले ४ लाखका दरले उनीहरूलाई सहयोग उपलव्ध गराउने भन्दै उनले उनीहरूलाई आवश्यक तालिम लगायतमा विशेष रुपले ध्यान पुर्याइने बताए । उनले भने, ‘पूर्वाद्धार बनाउने काम सरकारको हो पैसा कमाउने काम तपाँइहरुको ।’

मुख्यमन्त्री गुरुङले खे पना प्रतिष्ठानद्वारा करिब १ करोडको लागतमा निर्मित खे पना स्मृति बहुउद्देश्यीय सामुदायिक तथा सांस्कृतिक भवनको समेत उद्घाटन गरेका थिए । उक्त भवनलाई होमस्टेको स्पमा समेत अघि बढाउन ५ वटा आधुनिक कोठा बनाइएका छन । जहाँ १० जना आरामसंग रात बिताउन सक्नेछन् भने गाउँमा अन्य ५ घरलाई होमस्टेको रुपमा अघि बढाइएको छ ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद कृष्ण थापाले गण्डकी प्रदेश सरकारले प्रत्येक जनताको आय ५ वर्षमा ५ हजार डलर पु¥याउने लक्ष्यका लाथ अघि बढिरहेको भन्दैै अर्मलाको सडकलाई सुधार गर्न सिआईआरपी परियोजना अन्तर्गत काम अघि बढाउने बताए ।

कार्यक्रममा प्रदेशका अर्का सासंद बिन्दुकुमार थापाले अर्मलाको सडकलाई जीर्णोद्वार गर्न सके यस क्षेत्रको कायापलट गर्न सकिने बताउँदै अर्मलालाई कृषि पकेट क्षेत्रको रुपमा बिकास गर्न सकिने उल्लेख गरे ।

खे पना प्रतिष्ठानका अध्यक्ष कर्णबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिकाका वडा नं १६ का अध्यक्ष जीवनप्रसाद आचार्य, खे पना प्रतिष्ठानका सचिब दिलबहादुर गुरुङ, सहसचिब तेज गुरुङ, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक नरेश गुरुङ, सशस्त्र प्रहरीका पूर्व डिआइजी खोजबहादुर गुरुङ, पहार ट्रष्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङ, अर्मला गाउँ पर्यटन प्रवद्र्धनकी अध्यक्ष बबिता गुरुङ लगायतले बोलेका थिए ।

खे पना अर्मलामा कास्कीको सिक्लेसबाट आएर मानव वस्ती बसालेका व्यक्ति हुन् । खे पनाका सन्तानमध्ये एक पृथ्वीनारायण शाहका शासनकालमा कप्तान बंशु गुरुङले विसं १८२४ मा नेपाल कब्जा गर्न खोज्ने अंगे्रजलाई सिन्धुलीगढीमा पराजित गर्दै पछि हट्न वाध्य पारेका थिए । उनको त्यो पराक्रम पछि विर्ता पाएर तनहुँ हालको भानु नगरपालिका ५ मा बसाई सराई गरेका थिए ।

अर्मलाकोटको परिचय

पोखराको तत्कालिन सोल्जियर्स बोर्ड हाई स्कुल हालको अम्बर सिंह माबि र सोल्जियर्स वोर्ड हस्पिटल हालको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गर्न तथा काहुँडाडाको प्रसिद्ध भ्यू टावर निर्माण गर्न भूमिका प्रमुख खेलेका थिए भने पूर्व राज्यमन्त्री तथा अञ्चलाधिश लक्ष्यबहादुर गुरुङ पनि अर्मलाका नै हुन । उनी विकासप्रेमी नेता तथा अञ्चलाधिशको स्पमा परिचित छन् ।

पोखराको नजिक रहेर पनि विकास नभएर रुकुम रोल्पाको उपमा बोकेको अर्मला पोखरा महानगरपालिकाको वडा नं १६ मा छ । अर्मलामा गुरुङ लगायत अन्य जात जातिहरूको बसोबास छ भने यहाँको शक्तिपीठ निकै प्रसिद्ध छ ।