मुख्य समाचार

सैनिक जवानहरू माथि नै पहिरो खसेपछि…..

बाग्लुङको काठेखोला गाउँपालिका–८, लेखानीदेखि वडा नं ५ कर्लिम जाने अवरुद्ध सडक खुलाउन गएका ३ सैनिक जवान घाइते भएका छन् । ३ दिनदेखि अवरुद्ध रहेको सडक स्थानीय वडाध्यक्षहरूको आग्रहमा सेनाको अर्जुनबाँण गणका जवान सडक खुलाउन गएकोमा आज थप पहिरो खसेर घाइते भएको गणपति भुवनराज देवकोटाले बताए । गणपति देवकोटाका अनुसार घाइते पहलमान श्रेष्ठ र सन्तोष कार्कीको थप उपचारका लागि सेनाको हेलिकप्टरबाट छाउनीस्थित सैनिक अस्पताल पठाइएको छ । घाइते १ जनाको नाम… पुरा पढौ

प्रधानमन्त्री ओलीको चाहना : रवीन्द्रपत्नी विद्यालाई पर्यटनमन्त्री बनाउने

प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमन्त्री रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराई अधिकारीलाई पर्यटन मन्त्री बनाउने चाहना गरेका छन् । विद्यालाई नै मन्त्री बनाउन प्रधानमन्त्री ओलीले हालसम्म कसैलाई पनि मन्त्री नियुक्त गरेका छैनन । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएको १ महिना पुगेको छ । १५ फागुनमा ताप्लेजुङको पाथिभरा हुँदै काठमाडौँ फर्कनेक्रममा हेलिकोप्टर दुर्घटना भई मन्त्री अधिकारीसहित ७ जनाको निधन भएको थियो । प्रधानमन्त्री ओलीले तत्काल यो मन्त्रालयमा नियुक्त नगर्ने, केही समय यो… पुरा पढौ

डाक्टर श्रीमान्‌को कुटाइबाट घाइते श्रीमती सुनिताको मृत्यु

डाक्टर सचितानन्द यादवको कुटाइबाट गम्भिर घाइते भएकी उनकी श्रीमती सुनिता यादवको उपचारको क्रममा मृत्यु भएको छ। उपचारको क्रममा शुक्रबार शिक्षण अस्पताल महाराजगञ्ज काठमाडाैँमा उनका मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ। नारायणी अस्पतालमा कार्यरत डा. सचितानन्द यादवको कुटपिटबाट गम्भीर घाइते भएकी उनकी श्रमिती सुनिताको उपचारको लागि वीरगञ्जको गण्डक अस्पतालमा भर्ना गरिएकोमा थप उपचारको लागि काठमाडौँ लगिएको थियो। वीरगञ्ज महानगरपालिका वडा नम्बर २० हरपतगञ्ज निवासी डाक्टर सचितानन्द यादवलाई प्रहरीले श्रीमती कुटेको… पुरा पढौ

मौसम पूर्वानुमान : ३ दिन वर्षा हुने !

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भेगमा आगामी ३ दिनसम्म बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी ३ दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन जारी गर्दै मध्य र पश्चिमी भेगमा आंशिकदेखि सामान्य बदली रहने तथा पूर्वी पहाडी, मध्य र पश्चिमी पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जनसहित वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना औँल्याएको हो । पश्चिमी न्यून चापीय प्रणालीका साथ स्थानीय वायुको समिश्रणले मौसम… पुरा पढौ

कालिगण्डकी करिडोरको ३ खण्डमा ब्लास्टिङ

कालिगण्डकी करिडोरको अन्तर्गत बेनी–जोमसोम–कोरला सडक अन्तर्गत जोमसोम–कोरला खण्डको समर–भेना सडक लगायत म्याग्दीका २ खण्डमा ब्लास्टिङ गरी सडक टर्याक खोल्न आवश्यक देखिएको छ । जोमसोम–कोरला सडकखण्डको ७ वटै प्याकेजमध्ये समर–भेना सडकखण्डमा कामको प्रगति ३० प्रतिशत मात्र भएको छ । यसमध्ये एपेक्स जेभीले निर्माणको जिम्मा लिएको छोसेर–कोरला १८ किमी प्याकेज गत मंसिर महिनामै करिडोरलाई हस्तान्तर भएको जनाईएको छ । यसअन्तर्गका बाँकी ५–प्याकेजको काम मंसिर सम्म ८० प्रतिशत सम्पन्न भएको करिडोरले जनाएको छ… पुरा पढौ

मृगौला पीडित तामाङद्धारा सहयोगको याचना

चितवन निवासी ३९ वर्षका एक मिर्गौला पीडितले आर्थिक सहयोगका लागि याचना गरेका छन् । कालिका नगरपालिका वडा नं. ७, बेलचौर निवासी रमेश तामाङ विगत ५ महिनादेखि निरन्तर रुपमा काठमाडौंस्थित किष्ट हस्पतालमा डायलसिस गराउँदै आएका छन् । बिरामी भएपछि उनी विभिन्न हस्पतालमा उपचार गराउन पुगेका थिए तर उनलाई कुन रोग लागेको हो, त्यहाँ पत्ता लग्न सकेन् । अन्त्यमा उनका दुवै मिर्गौलाले काम गर्न छोडेको पत्ता लाग्यो ।तामाङको उपचारमा अहिलेसम्म लाखौं रुपैयाँ… पुरा पढौ

फेरि मधेश तरंगित, पूर्वमन्त्री सञ्जयसहित ७ लाई जन्मकैद

तत्कालिन सांसद एवंम् पूर्वराज्यमन्त्री सञ्जय कुमार शाह (टकला)सहित सात जनालाई जिल्ला अदालत धनुषाले जन्मकैद फैसला सुनाइएको छ । २०६९ साल वैशाख १८ गते जनकपुरको रामाचन्द चोकमा मिथिला आन्दोलनको क्रममा ५ जनाको ज्यान जाने गरी गरिएको बम विस्फोटमा सम्लग्नता रहेको ठहर गर्दै अदालतले जम्न कैदको फैसला सुनाएको हो । अदालतका न्याययधीश जयशकुमार कटुवालको एकल इजलासले ७ जनालाई जन्मकैदको फैसला सुनाएको श्रेष्तेदार राधाकान्त चौधरलिे जानकारी दिए । जन्मकैद जेल सजाय पाउनेमा टकलासहित… पुरा पढौ

सिद्धार्थ क्लब पोखराको रक्तदान

पोखरा महानगरपालिका वडा नं. ४ स्थित सिद्धार्थ क्लब पोखराले बिहीबार रक्तदान कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा १ सय २९ युनिट रगत संकलन भएको छ । रक्तसञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोग तथा सिद्धार्थ टोल विकास संस्था, भवानी आमा समूह र सम्झौता नारी जागृति समूहको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो । क्लबका अध्यक्ष विनोद प्रसाद श्रेष्ठ र पोखरा सिद्धार्थ हेल्थ केयरका सञ्चालक डा. मानबहादुर गुरुङ्गले सिद्धार्थ क्लबका सदस्य मदनकुमार मुल्मीलाई ब्लड व्याग… पुरा पढौ

विप्लवको बन्द फिर्ता

नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाले चैत १६ गतेको बन्द फिर्ता लिएको छ । सरकारले प्रतिवन्त्र गरेपछि आक्रोशित विद्रोही नेकपाले बन्दसहितका आन्दोलन सार्वजनिक गरेको थियो । प्रवेशिका परीक्षा र वकिलहरुको चुनावलाई असर गर्ने भएकाले बन्द फिर्ता लिएको नेकपा महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सरकारले घोषणा गरेको लगानी सम्मेलन पनि १५ र १६ चैतमा हुँदैछ । पुरा पढौ

चुनावबाट नडराउन स्याङ्जाली लायनहरुको आग्रह

लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका सेकेण्ड भाइस गभर्नर पदका उम्मेदवार विशेश्वर आचार्य आफ्नो चुनाव प्रचार गर्न सक्रिय भएर लागेका छन् । उनले चुनाव प्रचार मात्र गरेका छैनन गभर्नर बने पश्चात गर्ने कामको रणनीति बनाउन सुझाव संकलन समेत गरेका छन् । यसैक्रममा उनी स्याङ्जाको पुतलीबजार, वालिङ र गल्याङका लायनहरुसंग भेटघाट, छलफल एवं सुझाव संकलन गरेर फर्किएका छन् । स्याङ्जामा उम्मेदवार आचार्यको उपस्थितिले त्यहाँस्थित लायनहरु उत्साहित देखिएका छन् ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं