मुख्य समाचार

किताबमा विद्यार्थीले छुट नपाउने

पब्लिकेशनले आफूखुशी पुस्तकको मूल्य निर्धारण गर्न नपाएपछि विद्यार्थीका अभिभावकले यसअघिका बर्षमा पाउदै आएको छुट नपाउनु भएका छन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय प्रथम उपाध्यक्ष ऋषिराम शर्मा भण्डारीले नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रले कितावको मूल्यमा मापदण्ड तोकेको र त्यही मापदण्ड पुरा गरेका पुस्तक बिक्री गर्दा छुट दिन नसकिने बताएका हुन् । मूल्य निर्धारण समितिमार्फत रंगीन किताबको प्रतिपेज १ रुपैयाँ ४५ पैसा, दुई कलर मिसिएको १ रुपैयाँ २५ पैसा… पुरा पढौ

मरिसकेको मान्छेलाई बचाउन झारफुक !

कोशी अञ्चल अस्पतालको शवगृहबाट सोमबार बिहान एक महिलाको शव बाहिर निकालियो । आफन्तले फोटो र भिडियो खिच्न रोक लगाए । हातमा सेउला लिई अगरबत्ती बालेका चार धामी उफ्रिँदै शवछेउ पुगेर झारफुक गर्न थाले । उनीहरु थिए, मोरङ जहदा गाउँपालिका, ४ का ६५ वर्षीय यदयकुमार मण्डल, २८ वर्षीय सञ्जय मण्डल, १८ वर्षीय लीलम मण्डल र लता मण्डल । मृतक थिइन् जहादकै वडा नम्बर ७ की ४० वर्षीय भुवनदेवी मण्डल । घर… पुरा पढौ

हावाहुरीबाट मृत्यु हुनेको संख्या २९ पुग्यो

असिनापानीसँगै आइतबार साँझ आएको हावाहुरीबाट मर्नेको सङ्ख्या २९ पुगेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट ४०० जनाभन्दा बढी घाइते भएका छन् ।  बाराको फेटा गाउँपालिका–१, ३, ६ र ७ मा सबभन्दा बढी धनजनको क्षति भएको छ । फेटा गाउँपालिका–७ पुरैनियामा हावाहुरीबाट घर र रूख ढल्दा च्यापिएर १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भलुहीमा रामसुरत दासकी पत्नी माहेश्वरीको मृत्यु भएको छ । सो ठाउँमा हावाहुरीबाट एक सयभन्दा… पुरा पढौ

जिएमसी प्रकरण: धरौटीमा छुटे सन्तोष र लक्ष्मण

पोखराको गण्डकी मेडिकल कलेजका २ कर्मचारीसँग कास्की जिल्ला अदालतले जनही १७ लाख धरौटी लिएर छाडेको छ । सरकारले तोकेको भन्दा बढी शुल्क अशुलेको आरोपमा उनीहरूले मुद्धा खेपिरहेका थिए । ठगी गरेको भन्दै उजुरी परेका ११ मध्ये पक्राउ परेका कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई अदालतका जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले धरौटीमा रिहा गर्ने आदेश गरेको थियो । अदालतको आदेश लगत्तै दुवै जनाले १७÷१७ लाख रुपैया… पुरा पढौ

राहत लिएर पुगे चर्चित कलाकार

आइतबार बारा र पर्सामा आएको हावाहुरीमा परी २७ जनाको ज्यान गएको छ भने ४ सय भन्दा बढि घाईते भएका छन् । प्राकृतिक विपतसंगै प्रदेश सरकार र संघिय सरकारले उद्धार तथा राहतको पहल चाल्यो । हावाहुरीकै कारण सयौँ मानिसहरु घरबारबिहिन भएका छन् । यस विपतमा अधिकांश मानिसहरु उद्धार र राहतका लागि अगाडी आएका छन् । यसबीचमा चर्चित अभियन्ता सीताराम कट्टेल  राहत बोकेर  प्रभावित क्षेत्रमा पुगेका छन् । धुर्मुस-सुन्तली फाउण्डेशनले पीडितहरुका लागि… पुरा पढौ

पोखराको प्रभाव बारामा ! कसरी ?

दिनभर दुःख जिलो गरेर साँझ परिवारसँग बसेर मिठो मसिनो खाने तयारीमा थिए बारा फेटाका बासिन्दा । कोही घर फर्कने तयारीमा थिए, कोही काममा नै थिए । उनीहरूलाई एकै छिनमा ठूलो विपद् आइपर्ला भन्ने सोेचेकै थिएनन् । चैतको मौसम भए पनि साँझ सामान्य हावाहुरी चल्नु स्वभाविक थियो । तर फेटाका बासिन्दाले एकै क्षणमा घरबास नै उडाउने गरी हावाहुरी आउला र आफूहरूको सर्वनास गर्ला भन्ने कल्पनासमेत गरेका थिएनन् । जुन कुरा कल्पनाभन्दा… पुरा पढौ

प्रदेशसभाको तलब भत्तासहित साढे १० लाख सामाजिक कार्यमा

गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले सांसदको हैसियतले पाएका सबै तलव सामाजिक कार्यमा खर्चिएका छन् । चुनावको बेला उनले राज्यबाट पाउने सेवा सुविधा सामाजिक कार्यमा खर्च गर्ने प्रतिवद्धता जनाएका थिए । सोही प्रतिवद्धता अनुरुप सांसद थापाले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतका विभिन्न विद्यालय, क्लब, मठमन्दिर, बाजा समूह, टोल विकास संस्था आदिमा आफूले सहयोग गरेको उनले जानकारी दिए । यसका साथै आफ्नो पहलमा संघ एवं प्रदेश सरकारबाट नमूना सडक, कृषि, बाटोघाटो, शिक्षण संस्थामा प्रयोगशाला… पुरा पढौ

जितेन्द्रमान शाक्य : रक्तदान गर्न प्रेरित गर्दै साइकलयात्रा

पोखरा महानगरपालिका–८, न्यूरोड निवासी जितेन्द्रमान शाक्य उमेरले ४९ वर्ष पुगे । उनले हालसम्म ६५ पटक रक्तदान गरिसकेका छन् । पोखरामा आयोजना हुने रक्तदान कार्यक्रममा रक्तदान गर्दै आएका उनले रगतको अभावमा कोही कसैले अकालमा ज्यान गुमाउन नपरोस् भनेर जनचेतना जगाउँदै आएका छन् । रगत दान गरेपछि मान्छे कमजोर हुन्छ भन्ने भ्रम अझै पनि समाजमा कायमै छ । कसैलाई रगतको अभाव भएको खण्डमा हत्तपत्त मानिस रगत दिन अगाडि सर्दैनन् । त्यही भ्रमलाई… पुरा पढौ

पूर्वप्रधानमन्त्रीको पछुवा गाडीले स्कुटरलाई ठक्कर दिएपछि ….

भीआईपी स्कर्टिङमा रहेको सशस्त्र प्रहरीको भ्यानले स्कुटरलाई ठक्कर दिएको भिडियो सामाजिक सञ्जालमा आएपछि व्यापक आलोचना भएको छ । बा १ झा ९५२७ नम्बरको सशस्त्र प्रहरीको भ्यानले ट्राफिक नियम विपरीत उछिन्न लाग्दा स्कुटरलाई पछिल्लो पाङ्ग्राले ठक्कर दिएको भिडियोमा देखिन्छ । सशस्त्र प्रहरीका प्रवक्ता सुरजकुमार श्रेष्ठका अनुसार भ्यानले पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकन्द्रबहादुर चन्दको सुरक्षामा खटिएको बेला शुक्रबार ११ बजे ठक्कर दिएको हो । प्रवक्ता श्रेष्ठले भ्यान ठक्कर दिएर… पुरा पढौ

पोखराको ‘जनप्रिय स्कूल : विद्यार्थी र अभिभावकको रोजाइमा

पोखरा महानगरपालिका-८, सिमलचौरस्थित जनप्रिय माध्यमिक विद्यालय विद्यार्थी तथा अभिभावकको रोजाइमा पर्दै गएको छ । व्यावसायिक एवं गुणस्तरीय शिक्षाका माध्यमका कारण जनप्रिय विद्यार्थी तथा अभिभावकको रोजाइमा परेको हो । साधारण शिक्षाले मात्र समयको आवश्यकतालाई सम्बोधन गर्न नसक्ने ठम्याइसँगै विद्यालयले विसं २०७३ बाट कक्षा ९ देखि १२ सम्मको प्राविधिक धार सिभिल इञ्जिनीयरिङको कक्षा सञ्चालनमा ल्याएको हो । प्राविधिक विषयको कक्षा सञ्चालनसँगै विद्यार्थी तथा अभिभावकको रोजाइँमा जनप्रिय पर्न थालेको विद्यालयका प्रधानाध्यापक बाबुराम पौडेलले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं