राहत लिएर पुगे चर्चित कलाकार

आइतबार बारा र पर्सामा आएको हावाहुरीमा परी २७ जनाको ज्यान गएको छ भने ४ सय भन्दा बढि घाईते भएका छन् । प्राकृतिक विपतसंगै प्रदेश सरकार र संघिय सरकारले उद्धार तथा राहतको पहल चाल्यो । हावाहुरीकै कारण सयौँ मानिसहरु घरबारबिहिन भएका छन् । यस विपतमा अधिकांश मानिसहरु उद्धार र राहतका लागि अगाडी आएका छन् । यसबीचमा चर्चित अभियन्ता सीताराम कट्टेल  राहत बोकेर  प्रभावित क्षेत्रमा पुगेका छन् ।

धुर्मुस-सुन्तली फाउण्डेशनले पीडितहरुका लागि राहतस्वरुप  बारा र पर्साका प्रभावित क्षेत्रका परिवारलाई राहत सामग्री वितरण गरेको छ ।

फाउण्डेशनका अध्यक्ष सितारामले ४ सय परिवारलाई आवश्यक पर्ने चामल, त्रिपाल र चाउँचाउँ लगायतका राहत सामग्री वितरण गरेका हुन् । उनले फेटा गाउँपालिकाका अध्यक्ष अमिरिलाल प्रसाद शाहलगायत प्रतिनिधिको रोहवरमा राहत सामाग्री हस्तान्तरण गरेका हुन् ।