मुख्य समाचार

विद्रोही नेकपा-प्रहरी गाेली हानाहान

अछाममा नेत्रविक्रम चन्द विप्लव समूह र प्रहरीबीच गाेली हानाहान भएको छ । अछामको रामारोशन गाउँपालिको झाता गाउँमा प्रहरी र ‘विप्लव’ समूहबीच गाेली हानाहान भएको हो । विप्लव समूहका कार्यकर्ता झाता गाउँमा रहेको थाहा पाएपछि प्रहरी त्यहाँ पुगेको थियो। विप्लव समूहका कार्यकर्ताले प्रहरीमाथि फायरिङ गरेपछि प्रहरीले जवाफी कारवाही स्वरुप फायरिङ गरेको  जनाएको छ। त्यसक्रममा प्रहरीले नेकपाका चार जना कार्यकर्तालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पार्टी निकट अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष सुरेश रावत,… पुरा पढौ

जनप्रतिरोधको विकल्प रहेन : रुपेश

विद्रोही नेकपा कास्कीले मंगलबार विज्ञप्ति निकालेर सरकारका पछिल्ला काम फासीवादी भएको आरोप लगाएको छ । पार्टीका तमुवान जनपरिषद् संयोजक किसानसिंह तमुलाई लेखनाथबाट प्रहरी पक्रेपछि विज्ञप्ति निकालेर नेकपा कास्की इन्चार्ज रुपेश र सेक्रेटरी आक्रोशले सरकारले प्रतिबन्ध र धरपकड जारी राखे देश द्धन्द्धमा जाने चेतावनी दिएका छन् । दमनको अवस्थाबारे बुझ्न मानवअधिकारवादीलाई आग्रह गर्दै विज्ञप्तिमा संसदीय व्यवस्था अन्त्य गरी न्याय, समानता र स्वतन्त्रता, समृद्धिसहितको वैज्ञानिक समाजवाद स्थापर्न गर्न चाहेको उल्लेख छ ।… पुरा पढौ

विप्लवका गण्डकी सरकार प्रमुख पक्राउ

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ को नेकपा गण्डकी जनपरिषद् तमुवान संयोजक किसान सिंह तमुलाई पक्राउ गरेको छ । जनपरिषद् नेकपाको समानान्तर सरकार हो । तमुलाई खुट्टाको शल्यक्रियापछि आराम गरिरहेको अवस्थामा प्रहरीले लेखनाथबाट पक्राउ गरेको हो । उनी बाथका समेत रोगी छन् । लेखनाथ निर्माण व्यवसायी समितिका पूर्व अध्यक्षसमेत रहेका उनी साबिक एमाओवादी हुँदै वैद्य र वैद्य हुँदै विप्लव नेकपामा पुगेका हुन् । प्रहरीले मंगलबारै तनहुँबाट नेकपाका ३ कार्यकर्तालाई पक्राउ गरेको छ… पुरा पढौ

अब २४ घण्टामै लाइसेन्स !

यातायात व्यवस्था विभागले अत्यावश्यक सेवाको लागि २४ घण्टामै सवारी चालक अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराउने व्यवस्था मिलाएको छ। विभागले सूचना जारी गर्दै ‘नेपालबाट विदेश जाने, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीबाट मिसनमा जाने तथा अन्यको हकमा अत्यावश्यक भनी कार्यालयबाट लेखि आएको पत्रको आधारमा छिटो स्मार्ट कार्ड प्रिन्ट गरी पाउँ’ भनी निवेदन माग भइ आएमा निवेदक दाताको स्मार्ट कार्ड निवेदन दिएको भोलि पल्टनै प्रिन्ट गरी वितरण गरिदिने जनाएको छ। विगतमा यस्ता… पुरा पढौ

प्रतिबन्ध नहटाए आमहडताल गर्ने विप्लवको घोषणा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन सरकारलाई चैत मसान्तसम्मको अल्टिमेटम दिएको छ । प्रतिवन्ध नहटाए सरकारका कार्यक्रममाथि नै प्रतिबन्ध लगाउने र आम हड्ताल गर्ने नेकपाको चेतावनी छ । सरकारले फागुन २८ गते नेकपामाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि नेकपाका मध्य कमाण्ड प्रमुख हेमन्तप्रकाश वलीसहितका नेता पक्राउ परेका छन् । अधिकांश नेता, कार्यकर्ता भूमिगत भएका छन् । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सोमबार वक्तव्य जारी गर्दै चैतभित्र प्रतिबन्ध… पुरा पढौ

प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक पारित

गण्डकी प्रदेशसभाको बैठकले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भनी गरेको प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको हो । यसअघि विधेयक माथिको छलफलमा प्रदेशसभा सदस्य दीपक कोइरालाले प्रविधिले फड्को मारिरहेको वर्तमान सन्दर्भमा समयानुकूल तालीम एवं प्रशिक्षण आवश्यक रहेको बताए । विभिन्न कार्यक्रममा समयको दुरुपयोग हुने गरेकाले विधेयकको कार्यान्वयन… पुरा पढौ

ग्यास सिलिण्डर पड्किएर ४ जनाको मृत्यु

भोटेकोशी गाउँपालिका–४ स्थित शिवश्री जलविद्युत् आयोजना नजिकैको खाजाघरमा ग्यास सिलिण्डर पड्किँदा ४ मजदुरको मृत्यु भएको छ । खाजा बनाउँदै गर्दा एक्कासि सिलिण्डर पड्किँदा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको नाम खुल्न सकेको छैन । अहिले इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षक यादव थापा क्षत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ । पुरा पढौ

सरकारको नेतृत्व अब प्रचण्डले गर्ने संकेत

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले बम बोकेर बस्ने विप्लव नेकपासंग सरकारले वार्ता गर्न नसक्ने बताएका छन् । उनले बन्दूक बोक्न छोडेर वार्ता आउने हो भने विप्लवलाई जहिले पनि स्वागत गर्ने उनले बताए । सिके राउतले आफ्नो पूर्व स्थिति त्यागेर संविधान मान्छौं भनेर मूलधारको राजनीतिमा आएको भन्दै त्यो सफलता भएको नेता पौडेलले बताए । संविधानको सीमा नाघेर राउत बाहिर जान नसक्ने दावी पौडेलको छ । बाहिर एउटा र… पुरा पढौ

विप्लव समूहद्वारा प्रहरी भ्यानमा विष्फोटको प्रयास

कालीकोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले प्रहरी भ्यानलाई लक्षित गरी विष्फोटनको प्रयास गरेको छ । प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदीका अनुसार खाँडाचक्र नगरपालिका–५, मोल्फस्थित राता डाबमा एसईई परीक्षा सुरक्षाका लागि खटिएको प्रहरी भ्यानमाथि विष्फोटक पदार्थ प्रहार गरिएको हो ।  विष्फोटबाट प्रहरी भ्यानमा क्षति भने नभएको प्रवक्ता सुवेदीले बताए । प्रहरीले घटनामा संलग्न विप्लव समूहका एकजना कार्यकर्ता तिलागुफा नगरपालिका–६ बस्ने ३४ वर्षीय धनराज शाहीलाई पक्राउ गरेको छ । उनको साथबाट जिलेटीन… पुरा पढौ

दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्त

सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलिया निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेश थपलिया सिफारिस भएका छन्। सोमबार बसेको सम्बैधानिक परिषदको बैठकले रिक्त रहेको प्रमुख निर्वाचन आयुक्तमा थपलियालाई सिफारिसको निर्णय गरेको हो। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको कार्यकाल आइतबार (१० चैत्र) मा सकिएपछि थपलियालाई सोही पदका लागि सिफारिस गरिएको हो। परिषदले राष्ट्रिय समावेशी आयोगको सदस्यमा मकवानपुरकी विष्णुमायाँ ओझाको नाम सिफारिस गरेको छ। परिषदका सदस्य रहेका प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा आजको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं