दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्त

सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलिया निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेश थपलिया सिफारिस भएका छन्।

सोमबार बसेको सम्बैधानिक परिषदको बैठकले रिक्त रहेको प्रमुख निर्वाचन आयुक्तमा थपलियालाई सिफारिसको निर्णय गरेको हो।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको कार्यकाल आइतबार (१० चैत्र) मा सकिएपछि थपलियालाई सोही पदका लागि सिफारिस गरिएको हो।

परिषदले राष्ट्रिय समावेशी आयोगको सदस्यमा मकवानपुरकी विष्णुमायाँ ओझाको नाम सिफारिस गरेको छ।

परिषदका सदस्य रहेका प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा आजको बैठकमा अनुपस्थित थिए।