विद्रोही नेकपा कास्कीले मंगलबार विज्ञप्ति निकालेर सरकारका पछिल्ला काम फासीवादी भएको आरोप लगाएको छ । पार्टीका तमुवान जनपरिषद् संयोजक किसानसिंह तमुलाई लेखनाथबाट प्रहरी पक्रेपछि विज्ञप्ति निकालेर नेकपा कास्की इन्चार्ज रुपेश र सेक्रेटरी आक्रोशले सरकारले प्रतिबन्ध र धरपकड जारी राखे देश द्धन्द्धमा जाने चेतावनी दिएका छन् ।

दमनको अवस्थाबारे बुझ्न मानवअधिकारवादीलाई आग्रह गर्दै विज्ञप्तिमा संसदीय व्यवस्था अन्त्य गरी न्याय, समानता र स्वतन्त्रता, समृद्धिसहितको वैज्ञानिक समाजवाद स्थापर्न गर्न चाहेको उल्लेख छ ।
प्रहरीले धरपकड बढाएपछि विद्रोही नेकपाका सबै नेता, कार्यकर्ता भूमिगत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत महिनाभित्र विद्रोही नेकपालाई नियन्त्रण गरिसक्ने बताएपछि सोही अनुसार सुरक्षा निकाय परिचालित भएको हो ।






