प्रतिबन्ध नहटाए आमहडताल गर्ने विप्लवको घोषणा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन सरकारलाई चैत मसान्तसम्मको अल्टिमेटम दिएको छ । प्रतिवन्ध नहटाए सरकारका कार्यक्रममाथि नै प्रतिबन्ध लगाउने र आम हड्ताल गर्ने नेकपाको चेतावनी छ ।

सरकारले फागुन २८ गते नेकपामाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि नेकपाका मध्य कमाण्ड प्रमुख हेमन्तप्रकाश वलीसहितका नेता पक्राउ परेका छन् । अधिकांश नेता, कार्यकर्ता भूमिगत भएका छन् ।

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सोमबार वक्तव्य जारी गर्दै चैतभित्र प्रतिबन्ध हटाउन सरकारलाई अल्टिमेटम दिएका ह्न् । पक्राउ परेका आफ्ना नेता कार्यकता रिहाई माग गर्दै नेकपाले आन्दोलन घोषणा गरेको छ । १३ गते देशभर चोक जुलुस, १४ गते कोणसभा, १५ गते मसाल जुलुस र १६ गते शनिबार नेपाल बन्द गर्ने विज्ञप्तिमा उल्लेख छ ।