विप्लवका गण्डकी सरकार प्रमुख पक्राउ

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ को नेकपा गण्डकी जनपरिषद् तमुवान संयोजक किसान सिंह तमुलाई पक्राउ गरेको छ । जनपरिषद् नेकपाको समानान्तर सरकार हो ।

तमुलाई खुट्टाको शल्यक्रियापछि आराम गरिरहेको अवस्थामा प्रहरीले लेखनाथबाट पक्राउ गरेको हो । उनी बाथका समेत रोगी छन् । लेखनाथ निर्माण व्यवसायी समितिका पूर्व अध्यक्षसमेत रहेका उनी साबिक एमाओवादी हुँदै वैद्य र वैद्य हुँदै विप्लव नेकपामा पुगेका हुन् ।

प्रहरीले मंगलबारै तनहुँबाट नेकपाका ३ कार्यकर्तालाई पक्राउ गरेको छ । फागुन २८ गते सरकारले नेकपाका गतिविधिमा प्रतिवन्ध लगाएपछि धमाधम नेकपा कार्यकर्ता पक्राउ परिरहेका छन् ।