नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाले चैत १६ गतेको बन्द फिर्ता लिएको छ । सरकारले प्रतिवन्त्र गरेपछि आक्रोशित विद्रोही नेकपाले बन्दसहितका आन्दोलन सार्वजनिक गरेको थियो ।
प्रवेशिका परीक्षा र वकिलहरुको चुनावलाई असर गर्ने भएकाले बन्द फिर्ता लिएको नेकपा महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले घोषणा गरेको लगानी सम्मेलन पनि १५ र १६ चैतमा हुँदैछ ।






