तत्कालिन सांसद एवंम् पूर्वराज्यमन्त्री सञ्जय कुमार शाह (टकला)सहित सात जनालाई जिल्ला अदालत धनुषाले जन्मकैद फैसला सुनाइएको छ ।

२०६९ साल वैशाख १८ गते जनकपुरको रामाचन्द चोकमा मिथिला आन्दोलनको क्रममा ५ जनाको ज्यान जाने गरी गरिएको बम विस्फोटमा सम्लग्नता रहेको ठहर गर्दै अदालतले जम्न कैदको फैसला सुनाएको हो ।
अदालतका न्याययधीश जयशकुमार कटुवालको एकल इजलासले ७ जनालाई जन्मकैदको फैसला सुनाएको श्रेष्तेदार राधाकान्त चौधरलिे जानकारी दिए ।
जन्मकैद जेल सजाय पाउनेमा टकलासहित अर्जुन सिंह भनिने मुकेश चोधरी, राजु मुक्ति भनिने रञ्जित झा, जयप्रकाश चौधरी, मुकेश कुमार कर्ण, सुरेन्द्र कर्ण र दिपेन्द्र झालाई जन्मकैदको फैसला सुनाइएको हो ।
टकला २०६४ सालको चुनावमा राजेन्द्र महतो नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए । भने, २०७० को चुनावमा पनि निर्वाचित बनेका थिए ।
मिथिला राज्यको माग गर्दै मिथिला राज्य संघर्ष समितिले जनकपुरको रामानन्दचोकमा धर्ना बसेको बेला २०६९ साल वैशाख १८ गते बम विस्फोट हुँदा पाँच जनाको ज्यान गएको थियो।
उक्त बम विस्फोटमा परि रंगकर्मी रञ्जु झा, झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दासको ज्यान गएको थियो। दुई दर्जनभन्दा बढी घाइते भएका थिए ।






