स्याङ्जामा २२ बर्षीया युवतीले शिशु जन्माएर आत्म हत्या गरेकी छिन् । भीरकोट नगरपालिका-७ की स्नेहा अधिकारीले शिशुलाई जन्म दिएर सलको पासो लगाएर आत्महत्या गरेकी हुन् ।
शिशु जन्माएर घर नजिकै बारीमा फालेर उनी आत्महत्या गरेकी हुन् । स्थानीय गम्बर बहादुर अधिकारीको बारीमा नवजात शिशु मृत अवस्थामा फेला परेको सूचना पाएपछि घटनास्थलमा पुगेको प्रहरीले छिमेकी बेगबहादुर अधिकारीको मल खाडलमा सालनाल भेटाएको थियो ।
स्नेहाले अवैध सम्बन्धबाट बच्चा जन्माएर गाडेको र आफूले पनि आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले बताए । आफ्नै गोठमा स्नेहाले सलको पासो लगाइ छट्पटाइरहेको अवस्थामा स्थानीयले देखेपछि हँसियाले सल काटेर उनलाई उपचारका लागि वालिङ प्रथामिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । यतिबेला प्रहरीले शिशुको डीएनए टेस्टको लागि नमुना संकलन समेत प्रहरीले गरेको छ । घटनाबारे अनुसन्धान भईरहेको छ ।




