नेपाली कांग्रेस कास्कीले बुधबार कास्कीका ३ वटै क्षेत्रमा प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । कास्की कांग्रेसले क्षेत्रीय समितिमार्फत एकै दिन एउटै समयमा प्रशिक्षण संचालन गरेको हो । कास्कीका ३ वटै क्षेत्रमा गरी करिब १ हजार जनालाई प्रशिक्षण छ ।
साधारण तथा क्रियाशील सदस्यता वितरण, विकास निर्माणको अवस्था मूल्यांकन, पछिल्लो राजनैतिक अवस्था, पार्टीको भूमिका लगायतका विषयमा प्रशिक्षण दिइएको बताइन्छ ।
कास्की क्षेत्र नं १ मा कांग्रेस नेता देवराज चालिसे, क्षेत्र नं २ मा धनराज आचार्य र क्षेत्र नं ३ मा जीवन परियारले प्रशिक्षण दिएका थिए । छुट्टाछुट्टै कार्यक्रममा नेताहरूले पार्टीलाई सशक्त ढंगबाट अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।
क्षेत्रीय सभापति बृजमान गुरुङको अध्यक्षतामा क्षेत्र नं १ मा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डीला संग्रौला, पूर्वमन्त्री यज्ञबहादुर थापा, कास्की सचिव सुदीपमोहन भट्टराई, क्षेत्रीय उपसभापति शरदराज सुवेदी, सचिव प्रेमकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।
उता क्षेत्र नं २ का सभापति माधव बास्तोला ‘मधु’ को अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य सरिता प्रसाई, कास्की कांग्रेसका सभपति कृष्ण केसी, सांसद बृन्दादेवी राना, नेपाली कांग्रेस पोखरा महानगर सभापति बजीरमान श्रेष्ठ, पोखरा–७ का इकाई सभापति नवीन बराल, क्षेत्रीय सभापति विजयराज आचार्य र सचिव दिपेन्द्र मर्सानीले बोलेका थिए ।
यस्तै क्षेत्र नं ३ मा क्षेत्रीय सभापति पोषनाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेता शुक्रराज शर्मा, कास्की कांग्रेसका उपसभापति आईबहादुर गुरुङ, क्षेत्रीय उपसभापति कमलबहादुर गुरुङ र सचिव खिमलाल बाँस्तोलाले बोलेका थिए ।




